अमेरिकी डलर देखाई लुटपाट र ठगी गर्ने व्यक्ति धादिङबाट समातियो

शुक्रबार, कार्तिक २९, २०८२

theme

अमेरिकी डलर सटहीको नाममा ठगी गरेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई पक्राउ गरेको छ । 

 

 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ खोलेखर्कका ३६ वर्षीय धनकाजी शिवभक्तिलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शिवभक्तिले अमेरिकी डलर साट्दा धेरै मुनाफा लाग्ने प्रलोभन देखाई डलर आकारमा काटिएका कागजका टुक्रालाई बीचमा र डलरलाई बाहिर राखेर डलरको बण्डलजस्तो देखाएर धुनिबेशीका एक स्थानीय पुरुषबाट २ लाख ५० हजार रुपैयाँ ठगी गरी फरार भएको खुल्न आएको छ । 

 

 

पक्राउ परेका शिवभक्तिलाई जिल्ला प्रहरी कार्यालय धादिङमा राखी ठगी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ । उनको साथबाट २ लाख ५० हजार नेपाली रुपैयाँ, २ थान मोबाइल र अमेरिकी डलर भनी देखाइएका कागजका टुक्रा १ पोका बरामद गरिएको र यस सम्बन्धमा जिल्ला अदालत धादिङबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

 

 

प्रहरीले सर्वसाधारणलाई सटही, लोन, इनाम, अनलाइन स्किम देखाई ठगी गर्ने समूह सक्रिय हुन सक्ने भएकाले यस्ता व्यक्तिबाट सावधान रहन तथा शंकास्पद गतिविधि देखेमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरिएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल