अमेरिकी डलर सटहीको नाममा ठगी गरेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ खोलेखर्कका ३६ वर्षीय धनकाजी शिवभक्तिलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शिवभक्तिले अमेरिकी डलर साट्दा धेरै मुनाफा लाग्ने प्रलोभन देखाई डलर आकारमा काटिएका कागजका टुक्रालाई बीचमा र डलरलाई बाहिर राखेर डलरको बण्डलजस्तो देखाएर धुनिबेशीका एक स्थानीय पुरुषबाट २ लाख ५० हजार रुपैयाँ ठगी गरी फरार भएको खुल्न आएको छ ।

पक्राउ परेका शिवभक्तिलाई जिल्ला प्रहरी कार्यालय धादिङमा राखी ठगी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ । उनको साथबाट २ लाख ५० हजार नेपाली रुपैयाँ, २ थान मोबाइल र अमेरिकी डलर भनी देखाइएका कागजका टुक्रा १ पोका बरामद गरिएको र यस सम्बन्धमा जिल्ला अदालत धादिङबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

प्रहरीले सर्वसाधारणलाई सटही, लोन, इनाम, अनलाइन स्किम देखाई ठगी गर्ने समूह सक्रिय हुन सक्ने भएकाले यस्ता व्यक्तिबाट सावधान रहन तथा शंकास्पद गतिविधि देखेमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरिएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ