५ ग्राम ७ सय ९० मिलीग्राम लागु औषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ

मंगलबार, फाल्गुण २०, २०८१

theme

बर्दियाको बढैयाताल गाउँपालिका–७ कण्ठपुर क्षेत्रवाट बर्दिया प्रहरीले लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । 
 

भारतको सीमावर्ती बजार बलैगाउँबाट ५ ग्राम ७ सय ९० मिलीग्राम लागु औषध ब्राउन सुगरसहित बर्दिया प्रवेश गरेका उनिहरुलाई बढैयाताल गाउँपालिका–७ कण्ठपुर क्षेत्रवाट पक्राउ गरेको हो । 

प्रहरी चौकी कालिका वाट खटिएको प्रहरी गस्ति टोलीले  शंका लागी चेक जाँच गर्दा सुर्खेत वीरेन्द्रनगर पालिका–२ ठउरीका २४ वर्षीय रामबहादुर नेपाली र सोही ठाउँका २१ को रामचन्द्र थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी एंव डीएसपी ऋषिराम घर्तीमगरले जानकारी दिनु भयो ।
मोटरसाइकलमा आएका उनीहरूले हेल्मेट भित्र लुकाई प्लास्टिकको पोकामा राखेर ब्राउन सुगर ल्याएको प्रहरीले बताएको छ। पक्राउ परेका दुवै जनामाथि आवश्यक थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल