बर्दियाको बढैयाताल गाउँपालिका–७ कण्ठपुर क्षेत्रवाट बर्दिया प्रहरीले लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
भारतको सीमावर्ती बजार बलैगाउँबाट ५ ग्राम ७ सय ९० मिलीग्राम लागु औषध ब्राउन सुगरसहित बर्दिया प्रवेश गरेका उनिहरुलाई बढैयाताल गाउँपालिका–७ कण्ठपुर क्षेत्रवाट पक्राउ गरेको हो ।
प्रहरी चौकी कालिका वाट खटिएको प्रहरी गस्ति टोलीले शंका लागी चेक जाँच गर्दा सुर्खेत वीरेन्द्रनगर पालिका–२ ठउरीका २४ वर्षीय रामबहादुर नेपाली र सोही ठाउँका २१ को रामचन्द्र थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी एंव डीएसपी ऋषिराम घर्तीमगरले जानकारी दिनु भयो ।
मोटरसाइकलमा आएका उनीहरूले हेल्मेट भित्र लुकाई प्लास्टिकको पोकामा राखेर ब्राउन सुगर ल्याएको प्रहरीले बताएको छ। पक्राउ परेका दुवै जनामाथि आवश्यक थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ