“सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ”भन्ने मूल नाराका साझा संगठनात्मक सुदृढीकरण र प्रवासी नेपाली एकता अभिवृद्धि गर्ने उद्देश्यका साथ कुवेतमा आयोजित प्रथम अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ ।

अधिवेशनले विशाल डल्लाकोटीलाई सर्वसम्मतरूपमा अध्यक्षमा निर्वाचित गर्दै नयाँ नेतृत्व चयन गरेको छ । आफूलाई दिएको विश्वासप्रति आभार व्यक्त गर्दै संगठनलाई “सबै प्रवासी नेपालीका समस्या समाधानमा केन्द्रित, सेवा–मुखी र समावेशी बनाइने” प्रतिबद्धता व्यक्त गरे । उनले कुवेतमा रहेका नेपालीबीच एकता, सहकार्य र पारस्परिक सहयोग अभिवृद्धि गर्दै विभिन्न सामाजिक, सांस्कृतिक तथा मानवीय अभियानलाई अझ प्रभावकारी बनाइने बताए । उपाध्यक्ष (महिला): रुबी महर्जन उपाध्यक्ष: मदन चम्लागाई सचिव: नरेन्त दोङ सह–सचिव: मेनु गौतम कोषाध्यक्ष: रञ्जित पञ्जियार सह–कोषाध्यक्ष: सुश्मा नेपाल भण्डारी प्रवक्ता: वासुदेव धमला युवा संयोजक अर्जुन दूकुरी नवराज बी.के. करन राई सोमलाल तामाङ महिला संयोजक माया लामा विष्णु विश्वकर्मा सदस्यहरू १) राम प्रसाद भट्टराई, २) विकास खत्री ३)कृष्ण खड्का ४) प्रेम मगराती ५)दिपक शाही ६) सुरज थापा ७) कृष्ण चौधरी ८)नविन रोक्का ९) बुहुमान तामाङ १०) आकाश विश्वकर्मा (११) सन्तोष परदेशी (१२) विक्रम बोहोरा नयाँ नेतृत्व चयन गरेको छ ।

कार्यक्रमको उद्घाटन दिप प्रज्वलन र केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियाे । भने कार्यक्रमको सञ्चालन हरी बानियाँले गरेका थिए । स्वागत मन्तव्य युवा शक्ति कुवेतका सचिव मदन चापागाईले दिएका थिए । संस्थाका सल्लाहकार विजय खत्रीले युवा शक्ति कुवेतको पृष्ठभूमि, उद्देश्य र भावी योजनाबारे विस्तृत प्रस्तुत गरेका थिए। विभिन्न संघ–संस्था तथा भातृसंगठनका प्रमुखहरू समेतले शुभकामना व्यक्त गर्दै संगठनलाई प्रभावकारी बनाउन आवश्यक सुझावहरू पनि दिएका थिए । नेपाली दूतावासका दितिय सचिव शिव बानियाँले विदेशमा रहेका युवाको ऐक्यबद्धता,नेतृत्व क्षमता र सकारात्मक गतिविधिले प्रवासी समुदायलाई सशक्त बनाउन मद्दत गर्ने बताएका थिए ।

अधिवेशन युवा शक्ति कुवेतका अध्यक्ष महेस लामाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली दूतावास कुवेतका द्वितीय सचिव शिव बानियाँ प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने भातृ–संगठनका प्रतिनिधिहरू विशेष अतिथि तथा मिडियाकर्मी तथा संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल