औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ आज धादिङमा एक अन्तरक्रिया कार्यक्रम गरि एघारौं ११ औँ राष्ट्रिय उद्योग दिवस मनाइयो ।

उद्योग तथा वाणिज्य कार्यालय धादिङको आयोजना र धादिङ उद्योग वाणिज्य संघको समन्वयमा उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा उद्यमी, ब्यबसायी, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, स्थानिय बुद्धिजीवी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणि पुरिले विभिन्न किसिमको सिपमुलक तथा उद्यमशिलता तालिमहरु कार्यालयले सन्चालन गर्दै आएको र त्यसबाट उद्योगी ब्यबसायीलाइ उद्योग ब्यबसाय गर्न केही टेवा पुगेको बताउनुभयो । तालिम लिए पस्चात केही ब्यक्तिहरु नयाँ उद्यम पनि गरिरहेको उहाँले प्रष्ट पार्नुभयो । उद्योग तथा वाणिज्य कार्यालय धादिङमा करिब १६००० विभिन्न किसिमका उद्योग र करिब ५५०० पसलहरु दर्ता रहेको उहाँले बताउनुभयो । उद्योग दर्ता भएअनुसार काम पाएर रोजगारीको सिर्जना हुन नसकेको भन्दै उनले स्थानीय सरकारसँग समन्वय गरेर उत्पादनमा समेत जोड दिनुपर्ने र युवाहरूलाई सीपमूलक तालिमहरू दिएर आत्मनिर्भर गराउने खालका कामहरूलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले राज्यको कर नीति र अनुगमन नीति परिवर्तन गर्नु पर्ने बताउदै दोहोरो कर निति हटाउनु पर्नेमा जोड दिनु भयो ।उद्यमीहरुले उद्यम गर्ने क्रममा विभिन्न चुनौतीहरु सामना गरिरहेको भन्दै कतिपय उद्यमीहरु उद्योगधन्दा बन्द गरेर विस्थापित हुनुपरेको उहाँको भनाइ थियो । औद्योगिक वातावरण नबनेसम्म देशको अर्थतन्त्र सुदृढ हुन नसक्ने भन्दै औद्योगिक, व्यवसायिक वातावरण बनाउन सरकार तथा सम्बन्धित निकायले आवश्यक रहेको र निजी क्षेत्र, स्थानीय तह एवं सबै सरोकारवालाहरुसँग सहकार्य गर्दै औद्योगिक वातावरण तयार गर्न उद्योग तथा वाणिज्य कार्यालयसगॅं सदैव समन्वय गर्न तयार रहेको बताउनुभयो ।

२०७१ चैत्र २० गतेको नेपाल सरकारको निर्णय अनुसार २०७२ साल देखि हरेक वर्ष मंसिर ९ लाई राष्ट्रिय उद्योग दिवसको रुपमा मनाईदै आएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ