मतदाता नामावली दर्ताको समय सकियो,धादिङमा थपिए ९ हजार ४ सय ६४ नयाँ मतदाता

बुधबार, मंसिर ११, २०८२

theme

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर खुला गरिएको मतदाता नामावली संकलन अभियानका क्रममा धादिङका ९ हजार ४ सय ६४ जनाले आफ्नो नाम फोटोसहितको मतदाता नामावलीमा नयाँ दर्ता गराएका छन् ।

 

 

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकेसँगै असोज १० गतेबाट मतदाता नामावली संकलन सुरु गरेको थियो । उक्त निर्धारित अवधि म्याद थपसँगै मंसिर ५ गते सकिएको छ । अनलाइनमार्फत नामावली दर्ता गर्नेहरूको रुजु गर्ने काम अहिले धमाधम चलिरहेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउने नयाँ मतदातामध्ये अधिकांश युवा १६ देखि २५ वर्ष उमेर समूहको रहेको निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावली संकलन तथा अद्यावधिक अभियानका क्रममा ८ सय ४१ जना महिला र एक हजार १२८ पुरुषले धादिङमा आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराएका हुन् । त्रुटि सच्चाइएको ६९ जना महिला र १३७ जना पुरुषले,त्यस्तै वाह्य जिल्लाको नयाँ नामावली दर्ता ३१ जना महिला र ४२ जना पुरुष,त्यस्तै नामावलीमा समावेश भएको विवरण सार्ने ४८७ जना महिला र २५७ जना पुरुष,राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनमार्फत नाम दर्ता गराउने ६ हजार ४ सय ६२ जनाले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख तथा निर्वाचन अधिकारी शिव गुरुङले जानकारी दिए ।

 

 

निर्वाचन आयोगले आगामी पुस-१५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । धादिङ जिल्लामा ११४ मतदान स्थल रहेका छन् भने मतदाताको सङ्ख्याका आधारमा केन्द्र व्यवस्थापन गरिनेछ । 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

    • लोकप्रिय समाचार

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ