बेनिघाट रोराङ गाउँपालिकामा महानगरको अनुभूति लिफ्टसहितको नयाँ भवन उद्घाटन

बुधबार, मंसिर ११, २०८२

theme

धादिङको बेनिघाट रोराङ गाउँपालिकाको  नव निर्मित प्रशासकीय भवनको बुधबार एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ । उक्त भवनको नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को  प्रमुख आतिथ्यमा औपचारिक उद्घाटन सम्पन्न भएको छ ।

 

 

गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)का अनुसार करिब १४ करोड रुपैयाँ लागतमा बनेको ३८ कोठे भवन तीन तले छ । निर्मित सो नयाँ प्रशासनिक भवनको शिलान्यास २०७७ जेठ ३० गते तत्कालीन संघीय सांसद भूमिप्रसाद त्रिपाठी र तत्कालीन पालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) ले संयुक्त रूपमा गरेका थिए । पहिलो तला सामान्य प्रशासनिक सेवा,दोस्रो तला उप–प्रमुखको कार्यकक्ष र न्यायिक इजलास तेस्रो तला पालिकाका प्रमुखको कार्यकक्ष छ । नगरपालिकाको दैनिक प्रशासनिक कामकारबाहीलाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले भवन निर्माण गरिएको बताउनु भयो । यसअघिसम्म सहकारीको भवन भाडामा लिएर सेवा दिँदै आएको गाउँपालिकाले अब आधुनिक, व्यवस्थित र नागरिकमैत्री प्रशासनिक सेवा प्रदान गर्ने तयारी गरेको जनाएको छ । नवनिर्मित भवनमा सेवाग्राही र कर्मचारी दुवैका लागि विशेष सुविधाहरू समेटिएका छन् । भवनमा लिफ्ट जडान गरिएकाले यो अपाङ्गता भएका व्यक्तिका लागि समेत सहज पहुँचयुक्त छ । भवनभित्र कार्यपालिका बैठक कक्ष र फराकिला कोठाहरू पनि निर्माण गरिएका छन्, जसले काम गर्ने वातावरणलाई थप सहज बनाउनेछ । अब नयाँ भवन सञ्चालनमा आएपछि एकै छानामुनि सबै सेवा उपलब्ध हुने भएकाले सहजता हुने अपेक्षा रहेको छ ।

 

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रचण्डले निर्वाचन हुन्छ, निर्वाचन हुनै पर्छ । सम्सद पुनस्थापना विकल्प हाे तर अहिले अवस्थामा निर्वाचन उत्तम विकल्प हाे। प्रधानमन्त्री बन्ने र त्यसका लागि मरिमेट्ने इच्छा छैन । तर देश र जनताले माग्यो भने फेरि जिम्मेवारीबाट पन्छिने पनि मेरो बानी छैन । बुढीगण्डकी जलविद्युत आयाेजना निर्माणका लागि आफू प्रधानमन्त्री हुँदा सबैभन्दा धेरै बैठक बसेकाे उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले अब बुढिगण्डकि बनाउन पहल गर्ने बताउनुभयाे । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको कारणले जेनजी विद्रोह भएको भन्दै जेनजीले उठाएको माग जायज रहेको टिप्पणी गरे । अहिले अराजकता र सन्त्रासकाे समाचान निर्वाचन नै विकल्प भएकाे बताउनुभएकाे छ ।  स्थानीय तह सुदृढिकरण देशको विकासको आधार हो भन्दै भौतिक संरचना निर्माणले सेवा प्रवाहमा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गरे ।

 

 

समारोहमा पूर्वमन्त्रीहरू राजेन्द्र प्रसाद पाण्डे, शालिकराम जम्कट्टेल, गंगालाल तुलाधर, नेता पुष्पविक्रम मल्ल जिल्ला समन्वय समितिकी प्रमुख,गाउँपालिकाका पूर्व अध्यक्ष,पूर्व उपाध्यक्ष,वडा अध्यक्षहरू, गाउँपालिकाका विभिन्न कर्मचारी, संघसंस्थाका प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी,  सञ्चारकर्मी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल