चलचित्र ‘राजागंज’को ट्रेलर सार्वजनिक भएको छ,चैत १ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई दीपक रौनियार निर्देशन गरेका छन् ।
आन्दोलन चलिरहेका बेला त्यसबाट सचेत हुँदै प्रहरीले दुई बालकलाई खोज्न तयार गरेको रणनीति ट्रेलरमा समावेश छ । अपहरणमा परेका सभासद र विद्यालयकी प्रधानध्यापकका छोरालाई छुटाउन प्रहरीले गरेको अप्रेसनलाई ट्रेलरमा देखिन्छ ।
चलचित्रमा आशा र दयाहाङसँगै विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङलगायत कलाकारको अभिनय छ । निर्देशक रौनियारले ‘राजागंज’ आफ्नो करिअरकै ठूलो सिनेमा रहेको बताए । ट्रेलर सार्वजनिक गर्दै उनले यसअघि आफूले यति ठूलो ‘स्केल’मा चलचित्र नबनाएको बताए ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल