जनस्वास्थ्य कार्यालय धादिङको प्रगतिबारे पत्रकारहरूसँग अन्तरक्रिया

बिहीबार, मंसिर १२, २०८२

theme

धादिङ जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको आयोजना गरेको अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

 

 

जिल्ला सदरमुकाम धादिङमा एक कार्यक्रमको आयोजना गरी जनस्वास्थ्य कार्यालय मार्फत गत वर्ष गरेको कार्यक्रम र चालु आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन हुने कार्यक्रमहरू जनचेतनामूलक गतिविधि, सेवा प्रवाह, चुनौती र आगामी योजनाबारे जानकारी आदान–प्रदान गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य सेवाको प्रभावकारिता वृद्धिका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

 

 

अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेल ले जिल्लामा सञ्चालन भइरहेको कार्यक्रमहरूको बारेमा जानकारी गराउनुका साथै त्यसबाट समाजमा परेको प्रभावका बारेमा आफ्नो प्रस्तुति गर्नु भएको थियो । जिल्लाभरिमा सञ्चालित स्वास्थ्य कार्यक्रमहरू, जनचेतनामूलक गतिविधि, सेवा प्रवाह, चुनौती र आगामी कार्ययोजना बारेमा जानकारी दिनुभयो । स्वास्थ्य सेवा विस्तारका क्रममा देखिएका जनशक्ति अभाव, भौतिक पूर्वाधारको कमी, जनचेतनाको स्तर, ग्रामीण क्षेत्रका पहुँच र बजेट सीमितता प्रमुख चुनौती रहेको बताए । त्यसैगरी स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको अभिमुखीकरण तथा समिक्षा, बिद्यालयमा बिद्यार्थीहरुको कान दात आखा चेकजाच तथा उपचार शिबिर, जिल्ला पूर्णखोप सुनिश्चितता घोषणा कार्यक्रम, कोभिड, दादुरा रुबेला र आई.पी.भी. खोप अभियान जस्ता कार्यक्रम गरेको थिए ।

 


 

कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष सिताराम अधिकारीले स्वास्थ्य कार्यालय धादिङले पत्रकार मैत्री भूमिका निर्वाह गर्दै आएको र आवश्यक सूचना दिने कुरामा प्रशंसनीय काम गरिरहेको बताउनुभयाे ।तथ्यांक अभिलेख, स्वास्थ्य कैम्पको जानकारी र जनचेतनामूलक सामग्री नियमित रूपमा उपलब्ध गराउन कार्यालयलाई सुझाव दिनु भएको थियो ।

‎कार्यक्रममा पत्रकारहरूले जनस्वास्थ्यसँग सम्बन्धित चुनौतीहरू, जस्तै- ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँचको अभाव, स्वास्थ्य सचेतना अभाव, र केही स्थानमा स्वास्थ्य संस्थाको अव्यवस्था लगायतका समस्याहरू उठाएका थिए । यसका साथै उनीहरूले जनस्वास्थ्य सेवा प्रवर्धनमा मिडियाको महत्वपूर्ण भूमिकाबारे पनि छलफल गरे । 

 

 

जनस्वास्थ्य कार्यालयले निकट भविष्यमा स्थानीय तहका प्रतिनिधि र समुदायसँग समेत यस्तै अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने जनाएको छ।
 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

    • लोकप्रिय समाचार

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ