एमाले महाधिवेशन प्रतिनिधि छनाैट प्रकृया : १८ जनाका लागि ९३ काे उम्मेदवारी धादिङ नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको लागि धमाधम प्रतिनिधि चयनकाे प्रकृया भईरहेकाे छ ।

धादिङमा पनि बिहिबार प्रतिनिधि छनाैटका लागि उम्मेदवारी दर्ता भएकाे छ । धादिङ क्षेत्र नम्बर १ मा ३ जना महिलाका लागि १० जना, १ जना युवाकाे लागि १३ जना र ६ जना खुल्लाकाे लागि २४ जनाकाे उम्मेदवारी परेकाे नेकपा एमाले जिल्ला उपसचिव उर्मिला रेग्मीले जानकारी दिनुभयाे । गल्छी गाउँपालिका कमिटि कार्यालयमा उम्मेदवारी दर्ता भएकाे थियाे । यसैगरि धादिङ क्षेत्र नम्बर २ काे उम्मेदवारी दर्ता जिल्ला पार्टी कार्यालयमा भएकाे छ । ४ जना खुल्लाका लागि २३ जना, २ जना महिलाका लागि ८ जना र १ जना युवाका लागि १२ जनाकाे उम्मेदवारी दिएकाे छ । जिल्लाभरबाट १ जना दलितका लागि ३ जनाकाे उम्मेदवारी परेकाे नेकपा एमाले जिल्ला सदस्य गिता खनालले बताउनुभयाे ।

धादिङमाबाट १८ जना प्रतिनिधि छनाैट गर्न ९३ जनाकाे उम्मेदवारी परेकाे छ । एमाले महाधिवेश प्रतिनिधि अन्तिम टुंगाे शनिबारसम्म लगाउने छ । पार्टी सदस्यले मतदान वा आपसि सहमतिबाट छनाैट गरिने याेजना एमाेलेले जनाएकाे छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल