धादिङका युवा नेता राधाकृष्ण भण्डारी (राधे) युवा ब्याबसायि,समाजसेबि,नेपाली कांग्रेससँग आवद्ध तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण भण्डारीले सामाजिक उत्तरदायित्व वहन गर्दै आफ्नो जन्मदिनको अवसर पारेर नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई खाद्यान्न सामग्री सहयोग गरेका छन् ।

भण्डारीले भने अपांगता भएका दाजुभाइ र दिदीबहिनीहरूलाई खुशी बाँड्न पाउनु नै ठूलो सौभाग्य हो । मेरो यो सानो सहयोगले ति अनाथ तथा असहाय बालबालिकाको मुहारमा खुषी छाउने विश्वास गरेको छु । नीलकण्ठ नगरपालिका–३, शान्तिटारस्थित नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई विभिन्न खाद्यान्न सामग्री वितरण गरिएको छ । राधाकृष्ण भण्डारी विगत केही वर्षयता आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्वका रूपमा मनाउँदै आउनु भएको छ । उहाँले प्रत्येक वर्ष जन्मदिनका अवसरमा धादिङका विभिन्न सामाजिक संस्थाहरू, विपन्न परिवारहरू तथा सहयोग आवश्यक भएकालाई राहत, खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गर्दै आइरहनुभएको छ । स्कूलमा आवश्यक हुने चामल, दाल, नून, चिनी, तेललगायत दैनिक उपभोग्य सामग्री हस्तान्तरण गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो ।

सहयोग प्राप्त विद्यालयका प्रधानाध्यापकले बालबालिकाको खानपान, स्वास्थ्य र शिक्षामा यसले महत्वपूर्ण योगदान पुर्याउने बताउँदै धन्यवाद ज्ञापन गर्नुभएको थियो । यस्तो प्रकारको सहृदय योगदानले समाजमा सकारात्मक सन्देश फैलिने र अपाङ्गता भएका बालबालिकाको मनोबल बढ्ने जनाइएको छ । युवापुस्ताद्वारा गरिने यस्ता मानवीय कार्यहरूले समावेशी समाज निर्माणमा टेवा पुग्ने विश्वास लिइएको छ ।

गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल