औषधि ऐन संशोधनको मागमा धादिङका व्यवसायी आन्दोलित ,आज १ घण्टा औषधि पसल बन्द गर्ने

आइतबार, मंसिर १५, २०८२

theme

औषधि व्यवसाय संञ्चालनमा रहेका कानुनी व्यवस्थालाई संशोधन गर्न माग गर्दै धादिङलगायत देशभरका औषधि व्यवसायीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन् ।

 

 

नेपाल राजपत्रमा गत साउन १४ मा प्रकाशित औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ३ संशोधन र उपदफा ५ खारेजीको माग राख्दै संघर्षका कार्यक्रमहरू घोषणा गरेको हो । उक्त दफामा रहेका औषधि पसल/फर्म दर्ता नवीकरण म्याद सकिएको भोलिपल्ट देखि शतप्रतिशत जरिवाना र ३१ औँ दिनमा स्वतः व्यवसाय रद्द हुने प्रावधान राखिएकाले उक्त प्रावधानले व्यवसायीहरूलाई गम्भीर मर्का पारी व्यवसाय नै धरासायी बनाएको भन्दै अव्यावहारिक दफाहरूको संशोधन / खारेजीका लागि आन्दोलनको कार्यक्रम घोषणा सोही अनुरुप धादिङका औषधी व्यवसायीहरूले आज बिहान ११:०० बजेदेखि मध्यान्ह १२:०० बजेसम्म आ-आफ्नो औषधि पसल (फार्मेसी) बन्द गर्ने  घोषणा गरेको औषधी व्यवसायी संघ जिल्ला शाखा धादिङका अध्यक्ष अशोक खनालले बताउनुभयो ।

 

 

औषधि ऐन, २०३५ लाई संशोधन गरेर बनेको ऐनमा एक महिनाभित्र संस्था नविकरण नगरे स्वतः खारेज हुने व्यवस्था गरिएको छ । त्यसप्रति व्यवसायीहरुको आपत्ति छ । त्यसैगरी उनीहरुले समयमा नविकरण नभए नविकरण दस्तुर पनि सय प्रतिशतनै तिर्नुपर्ने सो ऐनको प्रावधान पनि मान्य नहुने भन्दै आक्रोश व्यक्त गरेका छन् । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

100%

0%

0%

0%

    • लोकप्रिय समाचार

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ