धादिङमा भएको सात सवारी दुर्घटनामा २ जनाको मृत्यु, ७० जना घाइते

शनिबार, मंसिर २१, २०८२

theme

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेसी नगरपालिका-६ चालिसेमा सात वटा सवारी एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् ।

 

 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक प्रकास दाहालका अनुसार प्रहरीका अनुसार, भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेका सवारीसाधनहरूमा चारवटा बस, दुईवटा ट्रक र एक मोटरसाइकल छन्। प्रहरी निरीक्षक बस्नेतका अनुसार गोरखाबाट काठमाडौँ आउँदै गरेको बा १ प ९१७ नम्बरको बस, सोही दिशा तर्फ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, काठमाडौँबाट गजुरीतर्फ जाँदै गरेको NL01AB4654 नम्बरको डिब्बा गाडी, GJ03AZ3231 नम्बरको भारतीय बस, बा.प्र.०६-००१ ग ००११ नम्बरको बस, ना ४ ख ७१५ नम्बरको ट्रक र लु ९५ प ३०७ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । दुर्घटनामा परी घाइते भएकालाई स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रहरुमा प्राथमिक उपचार गराई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ ।

 

 

दुर्घटनाको कारण बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । राजमार्गमा केही समय यातायात अवरुद्ध भएको थियो र हाल सडक पुनः सञ्चालनमा आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

100%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल