नागढुंगा–मलेखु सडकखण्ड अन्तर्गत पिप्लामोड तथा धादिङको पोखरेभीर क्षेत्रमा मंसिर २४ गतेदेखि पुस १ गतेसम्म दैनिक दैनिक ५ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ ।

सडक कालोपत्रे तथा स्तरोन्नति कार्य तीव्र रूपमा अघि बढिरहेकाले निर्माण कार्यलाई सहज बनाउन आगामी बुधबारदेखि पाँच दिन दैनिक बिहान साढे १०:३० बजेदेखि अपराह्न साढे ३ बजेसम्म सडक बन्द हुनेछ । अत्यावश्यक सेवाका सवारीसाधन एम्बुलेन्स,सुरक्षा निकाय,दमकल,शव वाहनलाई भने सहजीकरण गरिने ट्राफिक प्रहरीले जनाएको छ । सो अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने सवारी साधनहरूलाई आवश्यक परेमा ती मार्ग अपनाउन समेत अनुरोध गरेको छ । पिप्लामोड क्षेत्रमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारीहरू नागढुंगा चेकपोस्टमा रोकिने छन्, भने नौबिसेबाट काठमाडौँ फर्कने सवारी नौबिसे र खानीखोलामा रोकिने सुविधा मिलाइएको छ । पोखरेभीर क्षेत्रमा नौबिसेबाट मलेखुतर्फ जाने सवारी गल्छी–बैरेनीमा रोकिनेछन् । त्यस्तै, मलेखुबाट नौबिसेतर्फ आउने सवारी मलेखुमै रोकिने नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ । सडक बन्द अवधिमा साना र मझौला सवारीका लागि सीतापाईला–रामकोट–भिमढुंगा–धार्के सडक, साथै सामाखुसी–टोखा–छहरे–त्रिशूली–गल्छी हुँदै जरेखेत–त्रिशूली पुल तरेर घाटबेसी सम्म पुग्ने वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ ।

सम्बन्धित निकायले यात्रुलाई यात्रा योजना बनाउँदा तोकिएको समयतालिकालाई ध्यान दिन,आवश्यक जानकारीका लागि स्थानीय प्रशासन तथा ट्राफिक प्रहरीसँग समन्वय गर्न आग्रह गरेको छ र चालक तथा यात्रु सबैलाई आवश्यक निर्देशन पालना गर्न अनुरोध गरेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ