आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा देशभरबाट १ सय १४ वटा राजनीतिक दलले सहभागिता जनाउने भएका छन् ।

यसपटकको चुनावमा ठूला परम्परागत दलदेखि नयाँ र साना दलसम्मको उल्लेखनीय सहभागिता रहने देखिएको छ, जसले निर्वाचनलाई थप प्रतिस्पर्धात्मक र बहुआयामिक बनाउने अपेक्षा गरिएको छ । निर्वाचन आयोगका अनुसार चुनावका लागि निवेदन परेकोमा १३ वटा खारेज भएको छ । आयोगले प्रदान गरेका चुनाव चिह्नहरुमा पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा, चौथोमा घण्टी चुनाव चिह्न रहेका छन् । १ सय २० वटा राजनीतिक दलले चुनावमा भाग लिन निवेदन दिएकामध्ये १ सय २ वटालाई एक्ला एक्लै र १२ वटालाई एकल निर्वाचन चिह्नन लिई संयुक्त रूपमा ५ वटा चुनाव चिह्न प्रयोग गरी चुनावमा भाग लिनेछन् । यस आधारमा कूल १ सय ७ वटा चुनाव चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव बहुदलीय प्रतिस्पर्धाका कारण ऐतिहासिक महत्वको हुने देखिएको छ । १ सय १४ राजनीतिक दलको सहभागिताले चुनावलाई थप रोचक र अर्थपूर्ण बनाउने विश्वास गरिएको छ । अबको ध्यान भनेको शान्तिपूर्ण वातावरणमा निष्पक्ष चुनाव सम्पन्न गर्नु र जनताको मतबाट सक्षम नेतृत्व छान्नु नै हो ।

विशेषगरी पछिल्ला वर्षहरूमा गठन भएका नयाँ दलहरूले सुशासन, रोजगारी, भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्य सुधार र युवा सहभागितालाई मुख्य मुद्दा बनाउँदै चुनावी मैदानमा उत्रिने तयारी गरिरहेका छन् ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल