लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०८२ को अवसरमा गंगा जमुना गाउँपालिका–७ धादिङमा “महिला समूहद्वारा पञ्चेबाजा प्रस्तुतीकरण तथा सचेतनामुलक कार्यक्रम आईतबार सम्पन्न भएको छ ।

“प्रविधिको सही उपयोग गरौँ: लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने सन्देशसहित आयोजित यस कार्यक्रमलाई पाँच वटा महिला समूहहरूले आकर्षक पञ्चेबाजा सहित लैङ्गिक हिंसा बिरूद्धको गीत मार्फत सचेतनामुलक सन्देश सशक्त रूपमा प्रस्तुत गरेका थिए । कार्यक्रम गंगा जमुना गाउँपालिकाको आयोजनामा,आड्रा नेपालको सहयोगमा प्रयास नेपाल धादिङले सञ्चालन गर्दै आएको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षाा परियोजना सहकार्यमा सम्पन्न गरिएको हो। महिला समूहहरूले पञ्चेबाजाको सांस्कृतिक प्रस्तुतीमार्फत लैङ्गिक हिंसा, डिजिटल हिंसा र प्रविधिको दुरुपयोगबारे समुदायमा सचेतना फैलाउने उद्देश्य प्रस्तुती गरिएको गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख ईन्द्र कुमारी श्रेष्ठले बताउनु भयो। कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष रविन अधिकारी ,वडा नं ६ का वडा अध्यक्ष रेमश ढकाल,प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, लैगिक एसोसियट शर्मिला गुरुङ, वडा सदस्यहरु,प्रहरी चौकि ईन्चार्ज ,बिद्यालयका शिक्षक बिद्यार्थीहरु,कृषक समुहका सदस्य,लैगिक च्याम्पियनहरू लगायतको सहभागीता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं ७ का वडाध्यक्ष रविन अधिकारी ,वडा नं ६ का वडा अध्यक्ष रेमश ढकाल,प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल लगायतले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान केवल कार्यक्रमका दिनहरु मात्र होइन,परिवर्तनका लागि उठ्ने सामूहिक प्रतिबद्धता गर्ने दिन पनि भएको बताउनु भयो । लैगिक हिंसा कुनै निजी समस्या होइन,यो समाजकै गम्भीर रोग हो । घर–परिवार, सडक, विद्यालय, कार्यस्थलदेखि सामाजिक सञ्जालसम्म एक महत्वपुर्ण सवाल तथा चुनैति भएकोले लैगिक हिंसा न्युनिकरण गर्न सामाजिक रूपान्तरणमा महिला तथा पुरुषहरूको समन्वयात्मक भूमिकाको आवश्यकता पर्ने साथै प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको महत्वमा जोड दिनु भएको बुढाथुमबाट गोमा मिजारले जानकारी दिनु भयो ।

कार्यक्रममा लैगिक हिंसा,बाल बिवाह,लैगिक तथा समााजिक समावेशीकरण सम्बन्धी जानकारीमुलक बुस्रर समेत बितरण गरिनुका साथै सहभागी टीमलाई नगद सहित मायाको चिनो प्रदान गरिएको लैगिकएसोसियट शर्मिला गुरुङले जानकारी दिनु भयो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ