नेपाल मानव अधिकार संगठन धादिङको अध्यक्षमा अधिकारी दोहोरिए

बुधबार, मंसिर २५, २०८२

theme

नेपाल मानव अधिकार संगठन धादिङ शाखाको अध्यक्षमा पूनः कृष्णराज अधिकारी चयन हुनुभएको छ । 

 

 

धादिङको नीलकण्ठ–८ ससाहमा आयोजना गरेको चौथो जिल्ला अधिवेशनले अध्यक्षमा पूनः अधिकारीलाई चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा कृष्ण बद्री पौडेल, सचिवमा ईश्वर थापा मगर, कोषाध्यक्षमा बालकृष्ण नेपाली तथा सदस्यहरूमा बद्री अधिकारी, पदमराज अधिकारी, शुशिला विश्वकर्मा, बिनु सिम्खडा र बिमल तामाङ चयन हुनुभएको छ ।

अध्यक्षमा पुनः चयन भएसँगै अधिकारीले संगठनप्रति आफूले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी कार्यकालमा मानव अधिकार उल्लंघनका घटनामा निगरानी बढाउने, पीडितलाई न्यायका लागि सहयोग गर्ने, मानव अधिकार सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा सरोकारवाला निकायसँग सहकार्यलाई बलियो बनाउने बताए ।

अधिवेशनमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख कूलमान विश्वकर्माले लोकतन्त्रको मजबुतीका लागि मानव अधिकारको संरक्षण अपरिहार्य रहेको उल्लेख गर्दै संगठनको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूले संगठनले निष्पक्ष र निर्भीक रूपमा मानव अधिकारका विषयमा आवाज उठाउँदै आएको योगदानको प्रशंसा पनि गरे।

 

 

कार्यक्रममा सहभागीहरूले मानव अधिकारको संरक्षण, प्रवर्द्धन तथा उल्लंघनविरुद्ध प्रभावकारी भूमिका खेल्न संगठनलाई अझ सक्रिय र सशक्त बनाउने विषयमा व्यापक छलफल गरिएको थियो । सहभागीहरूले जिल्लामा देखिएका मानव अधिकारसम्बन्धी समस्या, महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायका अधिकारको अवस्थाबारे धारणा राखेका थिए ।

संगठनले धादिङ जिल्लामा मानव अधिकारको अवस्था सुधारका लागि स्थानीय तह, सरकारी निकाय तथा नागरिक समाजसँग समन्वय गर्दै  जाने जनाएको छ।
 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल