नीलकण्ठ नगरपालिकाद्वारा गलत प्रचारको खण्डन, भ्रम नफैलाउन अनुरोध

शनिबार, मंसिर २८, २०८२

theme

 

 

नीलकण्ठ नगरपालिकाले सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन सञ्चार माध्यममार्फत नगरपालिकासँग सम्बन्धित विषयमा असहमति जनाउँदै प्रकाशित भएका समाचार तथा अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तीअनुसार नगरपालिकाबाट पारित कार्यहरू प्रचलित कानुन, विधि र प्रक्रियाअनुसार नै सम्पन्न भइरहेका छन् ।

 

 

 

नगरपालिकाको नीति, कार्यक्रम र बजेट नगरसभाबाट सर्वसम्मत रूपमा पारित भइसकेको उल्लेख गर्दै जनप्रतिनिधि जस्ता व्यक्तिले तथ्यहीन र भ्रामक प्रचार गरेको आरोप लगाइएको छ। आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति, कार्यक्रम तथा बजेट नगरसभाबाट विधिसम्मत रूपमा पारित भएको र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नै कार्यान्वयन भइरहेको नगरपालिकाको स्पष्टिकरण छ। नगरपालिकाका सबै बैठकहरू एजेन्डासहित सञ्चालन हुने र छलफलपछि निर्णय गरिने गरिएको विज्ञप्तीमा उल्लेख छ। विज्ञप्तीमा नगरसभा वा कार्यपालिकामा निर्णय हुँदासमेत असहमति भएमा ‘नोट अफ डिसेन्ट’ राख्न सकिने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै सो प्रक्रिया नअपनाई बाहिर गएर भ्रम सिर्जना गर्नु गैरजिम्मेवारपूर्ण कार्य भएको बताइएको छ । त्यस्तै, नगरपालिकाले कर्मचारी व्यवस्थापन, सेवा प्रवाह, योजना तर्जुमा तथा बजेट विनियोजनमा पनि प्रचलित कानुनअनुसार नै काम भइरहेको स्पष्ट पारेको छ। गलत सूचना प्रवाहले कर्मचारीको मनोबल गिर्ने,नगरपालिकाको गरिमा र जनप्रतिनिधिहरूको प्रतिष्ठामा आँच पुग्ने भन्दै जिम्मेवार बन्न सम्बन्धीत सरोकारवालालार्ई आग्रह गरिएको छ ।

 

नगरपालिकाले आगामी दिनमा पनि पारदर्शिता, सुशासन र नागरिक हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भ्रामक प्रचारमा नलाग्न सबै सरोकारवालालाई अनुरोध गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

    • लोकप्रिय समाचार

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ