“हाम्रो आरुघाट हाम्रो शान, खेलकुद–जगेर्ना युवा अभियान” भन्ने मुख्य नारासहित आरुघाट बजारमा खेलकुद, संस्कृति र स्थानीय पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित “प्रथम आरुघाट भलिबल प्रतियोगिता तथा सांस्कृतिक एवं आँगन खाना महोत्सव–२०८२” भव्य रूपमा आजदेखी सुरु हुँदै छ ।

महोत्सव पुस १ गतेदेखि ५ गतेसम्म आरुघाट बजारस्थित धरेलु चौर मा सञ्चालन हुने छ । युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्दै स्वस्थ समाज निर्माणमा योगदान पुर्याउने, लुकेका प्रतिभाहरूको पहिचान गर्ने तथा आरुघाट क्षेत्रको सांस्कृतिक, सामाजिक र आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । कार्यक्रमको प्रमुख आकर्षणको रूपमा 'गण्डकी प्रदेश स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता' हुनेछ । महोत्सवलाई आरुघाट गाउँपालिकाको सह आयोजनामा तथा विभिन्न संघ–संस्थाको सहयोगमा सञ्चालन गरिन आयोजक समितिले जनाएको छ ।

महोत्सवको प्रमुख आकर्षणका रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, स्थानीय मौलिक झाँकी, नृत्य तथा गीत, साथै परम्परागत आँगन खाना महोत्सव समावेश गरिनेछ। आँगन खाना महोत्सवमार्फत आरुघाट क्षेत्रका मौलिक परिकारहरूको प्रवर्द्धन गर्दै स्थानीय उत्पादन र व्यवसायलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको स्थानीय युवाहरूको सक्रिय सहभागितामा आयोजना हुन लागेको यस कार्यक्रमलाई सफल बनाउन विभिन्न संघसंस्था, व्यापारी, समाजसेवी तथा स्थानीय तहसँग सहकार्य भइरहेको आरुघाट युवा क्लबका अध्यक्ष संजय मान श्रेष्ठले जानकारी दिनुभयो ।

प्रथम आरुघाट भलिबल प्रतियोगितामा धादिङ जिल्लाका निलकण्ठ, त्रिपुरासुन्दरी र गंगाजमुना—यी तीन पालिकाबाट पनि टिम सहभागी हुने भएका छन् । पुरुषतर्फ प्रतियोगिता गण्डकी प्रदेश स्तरीय टिमहरूका लागि मात्र खुला गरिएको भए पनि, आयोजकले छिमेकी जिल्ला धादिङका तीन पालिकालाई विशेष आमन्त्रण स्वरूप सहभागी गराउने निर्णय गरेको आरुघाट युवा क्लबले जनाएको छ । पुरुषतर्फ प्रथम पुरस्कार — नगद रु २,००,०००, ट्रफी, मेडल र प्रमाणपत्र दोस्रो पुरस्कार — नगद रु १,५०,०००, मेडल र प्रमाणपत्र तेस्रो पुरस्कार — नगद रु ७५,०००, मेडल र प्रमाणपत्र सान्त्वना पुरस्कार — नगद रु २५,००० रहेकाे छ । आयोजकका अनुसार टिम दर्ता, व्यवस्थापन तथा मैदान निर्माणलगायतका सबै प्राविधिक तयारी पूरा भइसकेको छ । खुला महिला पालिकास्तरीय भलिबल प्रतियोगिता पनि हुने,महिला खुला महिला तर्फको प्रथम पुरस्कार — रु १,५०,०००, ट्रफी, मेडल र प्रमाणपत्र दोस्रो पुरस्कार — रु ७५,०००, मेडल र प्रमाणपत्र तेस्रो पुरस्कार — रु ४०,०००, मेडल र प्रमाणपत्र सान्त्वना पुरस्कार — रु २५,००० रहेकाे छ ।
आरुघाट क्षेत्रको पहिचानलाई राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्यसहित आयोजना हुन लागेको उक्त महोत्सवमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन आयोजक समितिले सम्पूर्ण खेलप्रेमी, संस्कृतिप्रेमी तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ