‘नेपाली मौलिक लोक संस्कृतिको छुट्टै पहिचान, लोक गीत,संगीतको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ धादिङ जिल्लाको गल्छी गाउँपालिका–८ मा ‘गल्छी कृषि सांस्कृतिक तथा व्यापार महोत्सव २०८२’ को आजदेखी सुरु हुँदै छ ।

राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा हुन लागेको महोत्सवको सह आयोजकमा छांगेश्वर महादेव तथा छाँगेश्वरी मन्दिर संरक्षण तथा पर्यटन विकास समिति र प्रमुख संरक्षकमा गल्छी गाउँपालिका वडा नम्बर ८ रहेको छ । महोत्सव पुस २ गतेदेखि १५ गतेसम्म धादिङ जिल्लाको गल्छी गाउँपालिका–८ स्थित छागेश्वर मन्दिर खेलमैदानमा सञ्चालन हुने आयोजक समितिले जनाएको छ । महोत्सवमा कृषि, व्यापार, मनोरञ्जन तथा सांस्कृतिक गतिविधिलाई प्राथमिकतामा राखिएको छ। महोत्सवमा नुवाकोट र धादिङ भेगका विशिष्ट कृषि उपज मास, पिडालु, स्ट्रबेरी, कफीलगायत स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री हुनेछ। साथै स्थानीय हस्तकला,औद्योगिक स्थानीय कृषि उत्पादन, हस्तकला सामग्री, परम्परागत संस्कृति झल्काउने कार्यक्रम तथा विभिन्न व्यापारिक स्टलहरू रहने छन् । यसले स्थानीय कृषक, उद्यमी र कलाकारलाई आफ्ना उत्पादन तथा प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास आयोजकको छ ।

सर्वसाधारणका लागि प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ भने विद्यार्थी र जेष्ठ नागरिकका लागि छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ। महोत्सव सम्पन्न गर्न अनुमानित ५७ लाख २५ हजार रुपैयाँ खर्च लाग्ने विवरण तयार पारिएको छ ।
.png)
आयोजक समितिले महोत्सवलाई सफल बनाउन स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन र सम्पूर्ण स्थानीयबासी, सरोकारवाला निकाय तथा दर्शकहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेको छ ।
.png)
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल