राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।

तुलसीपुर उच्च अदालत बुटवलले हिजो थुनामुक्त गर्न आदेश दिए पनि लामिछाने रूपन्देही जिल्ला अदालतमा स्वयं उपस्थित भएर कागज गर्नुपर्ने भएकाले आज मात्रै थुनामुक्त गर्न लागिएको हो । न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासमा मुद्दाको सुनुवाइ भएको हो । इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगोबराबरको बैंक जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश दिएको छ । अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ७४ लाख ८४ हजारको जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो । त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ । रवि लामिछाने स्वयं उपस्थित भएर मञ्जुर भएको कागज गरेपछि तारेख लिएर थुनामुक्त हुनुहुनेछ ।

तुलसीपुर उच्च अदालत बुटवलकै आदेशले रवि लामिछाने पक्राउ पर्नुभएको थियो । शुरूमा भैरहवा कारागार राखिएकोमा अहिले लामिछानेलाई ललितपुरको नख्खु कारागारमा राखिएको छ । धरौटीमा थुनामुक्त हुने भए पनि रविविरूद्ध सहकारी ठगी तथा सांगठनिक अपराध, सम्पत्ति शुद्धीकरण जस्ता मुद्दा विभिन्न अदालतमा विचाराधीन नै छन् ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल