पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं यो वर्ष पनि धादिङका गुरुङ समुदायले हर्षोेउल्लास पूर्वक तमू ल्होसार मनाउने भएका छन् ।

धादिङबेसी स्थित कबर्डहलको प्रांगणमा मनाईने उक्त कार्यक्रममा गुरूङहरूको प्रशिद्ध परम्परागत नृत्य घाटु नाच, तमूस्यो ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यक्रम समिति धादिङको गुरुङ संस्कृति झल्कीने विशेष सांस्कृतिक प्रस्तुती कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहने तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समिति, धादिङकी अध्यक्ष जमुना तमूस्योले बताउनुभयो ।

तमू ल्होसारको अवसरमा तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङ, नेपाल तमू (गुरूङ) विधार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङ र धादिङबेसी तमू समाज धादिङको संयुक्त आयोजनामा गुरुङ संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रमका साथमा शुभकामना आदन प्रदान कार्यक्रम गरेर मनाईने भएको हो ।यतिबेला ल्होसारको भव्यव तयारी भईरहेको आयोजकले जनाएको छ । यस्तै कार्यक्रममा राष्ट्रिय स्तरका गुरुङ कलाकार तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने सांंस्कृतिक संयोजक नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका सचिव प्रशान्त गुरुङले बताउनुभयो । यो वर्ष तमू गुरुङहरुले मुप्रि ल्हो सर्प वर्गलाई विदाई र त ल्हो घोडा वर्गलाई स्वागत गर्दै विशेष उत्साहका साथ ल्होसार पर्व मनाईदै छ । गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो ।

विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीको प्रतीक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष ’हिल्हो’ (बिरालो वर्ग) को वर्ष थियो भने यस वर्ष मि–ल्हो (गिद्ध) को रहनेछ । यस अर्थमा तमु समुदायले सम्पूर्ण समय अर्थात् ल्होलाई १२ वटा भाग गरी जनावर या चराको आधारमा बाँडेका छन् । *आवश्यकता अनुसार सम्पादन गरि तपाईहरुको लोकप्रिय मिडियाबाट प्रकाशन प्रशारण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ