धादिङबेसी खेलमैदानमा प्रदेश स्तरीय महिला भलिबलको रौनक, ८ जिल्ला सहभागी हुने

सोमबार, पौष ७, २०८२

theme

धादिङबेसीमा बागमती प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता यही पौष ९ गतेदेखि १२ गतेसम्म आयोजना हुने भएको छ ।

 

 

आयोजक धादिङ जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरुङ (तिलक) का अनुसार जिल्ला भलिबल संघ धादिङको आयोजनामा धादिङ जिल्ला भलिबल टिमका पूर्व कप्तान स्व.मनोज श्रेष्ठको स्मृती कप’ को रुपमा सुरु भएको प्रतियोगिता यस बर्ष  बागमती प्रदेश अन्तर जिल्ला महिला भलिबल प्रतियोगितामा बागमती प्रदेश भित्रका ८ जिल्लाबाट ९ टिम सहभागी हुने धादिङबाट टिम ‘ए’ र ‘बि’ र अरु जिल्लाबाट १/१ टिम रहने धादिङ, नुवाकोट, रसुवा, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक सहभागी जानकारी दिनुभयो । प्रत्येक जिल्लाबाट उत्कृष्ट महिला खेलाडीहरू सहभागी हुने भएकाले प्रतियोगिता निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

 

 

अध्यक्ष गुरुङका अनुसार धादिङ जिल्लाको महिला भलिबल प्रतियोगितामा अहिले सम्मकै सबैभन्दा ठुलो धनराशि पुरस्कार भएको प्रतियोगितामा प्रथम हुनेले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् भने द्वितीय हुनेले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र र तृतीय हुनेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् । यसैगरी उत्कृष्ट स्पाइकर, सेटर, डिफेन्डर, सर्भर, बेस्ट प्लेयर र कोचलाई पनि पुरस्कार प्रदान गरिनेछ ।

 

 

 

प्रतियोगिताले स्थानीय महिला खेलाडीहरूको क्षमता विकासमा टेवा पुर्‍याउनुका साथै राष्ट्रिय स्तरसम्म पुग्न सक्ने नयाँ प्रतिभा उत्पादन गर्न सहयोग गर्नेछ। साथै, जिल्लास्तरमा सीमित महिला खेलाडीहरूलाई प्रदेशस्तरीय मञ्च प्रदान गर्नु यस प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल