शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले धादिङको नीलकण्ठ नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको उल्लेखनीय कामको खुलेर प्रशंसा गरेका छन् ।

नीलकण्ठ नगरपालिकाका ८७ वटै विद्यालयमा पछिल्लो दुई वर्षदेखि परीक्षा शुल्कसमेत नलिई शिक्षा पूर्ण रूपमा निःशुल्क रूपमा सञ्चालन हुँदै आएको छ । नगरपालिकाले कक्षा ८ र कक्षा १० मा अध्ययनरत प्रत्येक विद्यार्थीलाई वार्षिक रूपमा ५ हजार रुपैयाँका दरले अनुदान प्रदान गर्दै आएको छ। त्यस्तै, कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई पनि प्रति विद्यार्थी ५ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरिँदै आएको छ ।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत नीलकण्ठ नगरपालिकालाई ‘साँच्चिकै राम्रो नगरपालिका’ स्थानीय सरकारको यस निर्णयले अभिभावकहरूलाई ठूलो आर्थिक राहत पुगेको भन्दै यहाँको निःशुल्क शिक्षाको अभ्यास अन्य स्थानीय तहका लागि अनुकरणीय रहेको बताएका छन् ।

संघीय सरकारका मन्त्री पुनले नीलकण्ठ नगरपालिकाको विषयमा लेखेपछि नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले शिक्षा सबैका लागि समान र पहुँचयोग्य हुनुपर्छ भन्ने अवधारणालाई व्यवहारमा उतारेको भन्दै आफुलाले शिक्षा क्षेत्रमा जोखिम मोलेर भएपनी गरेको काम प्रति खुसि मिलेको बताउनुभयो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ