नीलकण्ठ नगरपालिकामा पूर्ण निःशुल्क शिक्षा, शिक्षामन्त्री पुनद्वारा खुलेर प्रशंसा

मंगलबार, पौष ८, २०८२

theme

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले धादिङको नीलकण्ठ नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको उल्लेखनीय कामको खुलेर प्रशंसा गरेका छन् ।

 

 

नीलकण्ठ नगरपालिकाका ८७ वटै विद्यालयमा पछिल्लो दुई वर्षदेखि परीक्षा शुल्कसमेत नलिई शिक्षा पूर्ण रूपमा निःशुल्क रूपमा सञ्चालन हुँदै आएको छ । नगरपालिकाले कक्षा ८ र कक्षा १० मा अध्ययनरत प्रत्येक विद्यार्थीलाई वार्षिक रूपमा ५ हजार रुपैयाँका दरले अनुदान प्रदान गर्दै आएको छ। त्यस्तै, कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई पनि प्रति विद्यार्थी ५ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरिँदै आएको छ । 

 

 

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत नीलकण्ठ नगरपालिकालाई ‘साँच्चिकै राम्रो नगरपालिका’ स्थानीय सरकारको यस निर्णयले अभिभावकहरूलाई ठूलो आर्थिक राहत पुगेको भन्दै यहाँको निःशुल्क शिक्षाको अभ्यास अन्य स्थानीय तहका लागि अनुकरणीय रहेको बताएका छन् ।

 

 

संघीय सरकारका मन्त्री पुनले नीलकण्ठ नगरपालिकाको विषयमा लेखेपछि नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले  शिक्षा सबैका लागि समान र पहुँचयोग्य हुनुपर्छ भन्ने अवधारणालाई व्यवहारमा उतारेको भन्दै आफुलाले शिक्षा क्षेत्रमा जोखिम मोलेर भएपनी गरेको काम प्रति खुसि मिलेको बताउनुभयो ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल