धादिङबेसीमा प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको तयारी पुरा,खेल भोलिबाट सुरु हुने

मंगलबार, पौष ८, २०८२

theme

धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका–३ मा हुन लागेको बागमती प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको आयोजक संस्थाले मंगलवार गरेको पत्रकार सम्मेलनमा सबै तयारी पूरा भएको जानकारी दिएको हो ।

 

 

प्रतियोगिता पौष ९ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ । पहिलो खेल भोलि बिहान ८ बजे आयोजक धादिङ भर्सेस मकवानपुर आमने सामने हुनेछन् । सहभागी टिमहरुलाई चार समूहमा बिभाजन गरिएको छ । जस्मा समूह ए मा धादिङ,मकवानपुर र सिन्धुली रहेको छ भने समूह बि मा नुवाकोट र रामेछाप रहेको छ । त्यस्तै समूह सि मा चितवन सिन्धुपाल्चोक र समूह डी मा रसुवा र धादिङ बी रहेको छ । उद्घाटन खेल दिउँसो २ बजे धादिङ टिम ए र सिन्धुलीबीच हुने भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ (तिलक) ले जानकारी दिनुभयो ।

 

 

जिल्लाकै ठूलो धनराशी पुरस्कार भएको सो प्रतियोगितामा खेलभरीकै उत्कृष्ठ खेलाडी तथा विधागत उत्कृष्ठ खेलाडीलाई समेत पुरस्कृत गरिनेछ । प्रतियोगितामा प्रथम हुनेले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् भने द्वितीय हुनेले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र र तृतीय हुनेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् । बागमती प्रदेश अन्तर जिल्ला महिला भलिबल प्रतियोगितामा बागमती प्रदेश भित्रका ८ जिल्लाबाट ९ टिम सहभागी हुने धादिङबाट टिम ‘ए’ र ‘बि’ र अरु जिल्लाबाट १/१ टिम रहने धादिङ, नुवाकोट, रसुवा, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक रहने छन् । प्रत्येक जिल्लाबाट उत्कृष्ट महिला खेलाडीहरू सहभागी हुने भएकाले प्रतियोगिता निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने संघका सचिब बिकास कोइरालाले बताउनुभयो ।

 

 

चार दिनसम्म चल्ने प्रतियोगिताका खेलहरू धादिङबेसीस्थित खेल मैदानमा सञ्चालन हुनेछन् । प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन स्थानीय युवा क्लब, खेलप्रेमी तथा सरोकारवाला निकायको सहकार्य रहने आयोजकले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल