धादिङ जिल्लाका सात जना खेलाडी राष्ट्रिय कबड्डी प्रतियोगिताका लागि बागमती प्रदेश टिममा छनोट भएका छन् ।

अखिल नेपाल कबड्डी संघको आयोजनामा माघ १३ गतेदेखि १८ गतेसम्म काठमाडौंमा हुने २१ औँ महिला तथा २५ औँ पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिताका लागि बागमती प्रदेश टिम छनोट गरिएको छ । प्रतियोगिताका लागि छनोट भएका महिला टिममा पुजा दुवाल, सलिना धामी, धना राहाडी मगर, अन्जना घले, ललिता पहारी, करिश्मा थामी, सरस्वती तामाङ, उरुषा शाक्य, संगीता तामाङ, सन्जु थामी, सुस्मी राई र रसिना पहारी रहेका छन् । वैकल्पिक खेलाडीमा प्रतिक्षा वाइवा र अनु तामाङ रहेका छन् । महिला टिममा रहेका धना र अन्जना धादिङबाट हुन् भने वैकल्पिक खेलाडीमा रहेकी अनु तामाङ पनि धादिङकै हुन् । त्यसैगरी पुरुष टिममा सन्देश तामाङ, विशाल सापकोटा, प्रतिक सुन्दास, सविन बहजु, सुनिल भुजेल, अर्जुन तामाङ, सुलभ खतिवडा, ज्ञानेन्द्र बुढा, पुकार बोगटी छेत्री, विनय गोसाई, प्रमोद श्रेष्ठ र सरमन प्रजापती रहेका छन् । वैकल्पिक खेलाडीमा निरोज तामाङ र निखिल घर्ति रहेका छन् । पुरुष टिममा विशाल, सुनिल, अर्जुन, सुलभ र प्रमोद धादिङका रहेका छन् । प्रदेश स्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बागमती प्रदेशको प्रतिनिधित्व गर्न सफल भएका हुन् । त्यसैगरी बागमती टिमको प्रशिक्षणको जिम्मेवारी प्रशिक्षक पशुपति प्रजापति र दिलिप नारायण श्रेष्ठले सम्हाल्नु भएको छ भने टिम मेनेजरमा सुजन नगरकोटी र सुनम भेले रहनुभएको छ ।

राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशको तर्फबाट खेल्न पाउनु धादिङका खेलाडीका लागि गौरवको विषय भएको स्थानीय खेलकुदकर्मीहरूले बताएका छन् । राष्ट्रिय कबड्डी प्रतियोगिता देशभरका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहने छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ