धरानको (सुनसरी) मा आज भएको यात्रुबाहक बस दुर्घटनामा ५ जनाको मृत्यु भएको र १२ जना घाइते भएका छन् ।

दुर्घटना धरान उपमहानगरपालिकाको जिरो प्वाइन्ट (कोशी राजमार्ग) मा भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको इन्टरनेशनल टेम्स एकेडेमी लेखिएको बस अनियन्त्रित भई दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको मृतकको पहिचान खुल्न सकेको छैन । घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको सुनसरी प्रहरी प्रमुख एसपी केशव थेबेले जानकारी दिए ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल