नीलकण्ठमा गुञ्जियो मगर पञ्चेवाजा, चार समूहको सहभागिता (तस्बिरमा हेर्नुहोस् )

आइतबार, माघ ५, २०८२

theme

नीलकण्ठ नगरपालिकामा मगर समुदायको मौलिक कला, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यसहित आयोजित नगरपालिकास्तरीय मगर पञ्चेवाजा प्रतियोगिता आइतबार सफलतापूर्वक सम्पन्न भएको छ । 

 


नेपाल मगर संघ नीलकण्ठ नगर समितिको आयोजनामा मगरहरूको राष्ट्रिय पर्व माघे सक्रान्तिको अवसरमा आयोजना गरिएको उक्त प्रतियोगितामा नीलकण्ठ नगरपालिकाभित्रका चार समूहको सहभागिता रहेको थियो ।प्रतियोगितामा नीलकण्ठ–५ पहरेछापस्थित राष्ट्रिय नौमती पञ्चेबाजा समूह प्रथम हुन सफल भएको छ। यसैगरी नीलकण्ठ–६ धादिङको बज्रयोगिनी पञ्चेवाजा समूह द्वितीय, नीलकण्ठ–६ कै सितलादेवी महिला विकास समिति तृतीय तथा नीलकण्ठ–१४ धादिङको रातमाटे मगर बाजा समूह सान्त्वना स्थानमा चयन भएका छन् । प्रथम हुने समूहले ६ हजार ६ सय ६६ रुपैयाँ, द्वितीयले ५ हजार ५ सय ५५ रुपैयाँ, तृतीयले ४ हजार ४ सय ४४ रुपैयाँ तथा सान्त्वना समूहले २ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्  ।

 

 

सहभागी समूहहरूले मगर समुदायको मौलिक पञ्चेवाजा, नौमती बाजा तथा परम्परागत भेषभूषासहित प्रस्तुत गरिएको प्रस्तुतीले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। प्रत्येक समूहले आफ्नो कला, तालमेल र परम्परागत बाजाको सौन्दर्य प्रस्तुत गर्दै प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाएका थिए ।

 

 

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपमहासचिव एकु थापा मगर प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो । त्यस्तै, केन्द्रीय सदस्य भगवान राना मगर, बागमती प्रदेश उपाध्यक्ष ईश्वर थापा मगर, नीलकण्ठ नगरपालिकाका प्रवक्ता प्रकाशकुमार श्रेष्ठ तथा नेपाल मगर संघ धादिङका अध्यक्ष भिम दर्लामी मगर लगायतको विशेष आतिथ्यता रहेको थियो ।

 

 

नेपाल मगर संघ नीलकण्ठ नगर समितिले आगामी दिनमा पनि मगर समुदायको भाषा, संस्कृति, कला र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । स्थानीय तहमा रहेका मगर समुदायबीच आपसी एकता, भाइचारा र सांस्कृतिक जागरण बढाउन यस प्रकारका कार्यक्रम प्रभावकारी हुने आयोजकले जनाएको छ ।

 

 

 

 

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ