टिकट वितरण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै नेकपा एमाले धादिङको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।

नेकपा एमाले केन्द्रीय सचिवालय बैठकबाट सर्वसम्मत रूपमा धादिङ क्षेत्र नम्बर २ का लागि बागमती प्रदेश कमिटी सदस्य धनबहादुर घलेलाई उम्मेदवार बनाउने निर्णय भएको भए पनि सो निर्णय विपरीत टिकट हाइज्याक गरिएको असन्तुष्ट समूहको आरोप छ । असन्तुष्ट कार्यकर्ताहरूका अनुसार धनबहादुर घले तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछार कार्यक्रममा अतिथिका रूपमा धादिङबेँसी आउँदै गर्दा केन्द्रका केही नेताहरूलाई प्रभावमा पारेर जालझेलमार्फत टिकट खोसिएको हो। पार्टी कार्यालयमा टिकट लिन पठाइएका व्यक्तिले नै आफ्नो नाम लेखेर टिकट ल्याएको आरोप समेत उनीहरूले लगाएका छन् ।

उनीहरूले केन्द्रीय सचिवालयबाट सर्वसम्मत रूपमा निर्णय भएका उम्मेदवार धनबहादुर घलेले नै उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने माग गरेका छन् । अन्यथा पार्टीले ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी पनि असन्तुष्ट समूहले दिएको छ ।टिकटमा आफ्नो नाम लेखेर ल्याउने आरोप लागेका व्यक्तिलाई पार्टी कार्यालयमा प्रवेश निषेध गरिएको छ। बलजफ्ती प्रवेश गर्न खोजेमा सम्बन्धित व्यक्तिले ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी समेत दिइएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल