२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धादिङ जिल्लामा २ वटा क्षेत्रबाट ४८ जनाले मनोनयन दर्ता गरेका छन् ।

बिहानैदेखि निर्वाचन कार्यालय परिसरमा नेता–कार्यकर्ता, समर्थक र सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिन्थ्यो । नाराबाजी, बाजागाजा र झाँकीसहित उम्मेदवारहरू मनोनयन दर्ता गर्न पुगेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभरबाट कुल ४८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । तीमध्ये १९ जना स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गराएका छन् । प्रत्यक्ष निर्वाचन क्षेत्र धादिङ–१ बाट २४ र धादिङ–२ बाट २४ जनाले मनोनयन दर्ता गरेका हुन् । धादिङ–१ बाट १३ जनाले विभिन्न दलबाट र ११ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् भने धादिङ–२ बाट विभिन्न दलबाट १६ र ८ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।

नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), उज्यालो नेपाल पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, संयुक्त नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेशनल रिपब्लिक नेपाल र आम जनता पार्टीका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् । मनोनयन दर्ताका क्रममा कुनै अप्रिय घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय, प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेस रमेश धमला,नेकपा एमाले धन बहादुर घले,नेपाली कम्युनिस्ट पार्टी राम बहादुर भण्डारी,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बोध नारायण श्रेष्ठ,प्रगतिशील लोकतान्त्रिक पार्टी वीर बहादुर तामाङ,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुरेश रिजाल त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट कृष्णबहादुर घलानी, श्रम संस्कृति पार्टीबाट टासी लामा तामाङ, उज्यालो नेपाल पार्टीबाट अमिर तामाङ, संयुक्त नागरिक पार्टीबाट देवेन्द्र गैरे, नेशनल रिपब्लिक नेपालबाट नक्कले मगर(किशोर), आम जनता पार्टीबाट नन्द प्रसाद काप्री, जनता समाजवादी पार्टी नेपालबाट नोरमान तामाङ, नेपाल मजदुर किसान पार्टीबाट प्रिया भट्ट, मंगोल नेशनल अर्गनाइजेशनबाट सन्तोष कुमार तामाङ र मितेरी नेपाल पार्टीबाट सुमन तामाङले उम्मेदवारी दिएका छन् । यससँगै धादिङको राजनीतिक प्रतिस्पर्धा थप रोचक र प्रतिस्पर्धात्मक बन्ने देखिएको छ । धादिङ क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिनहरूमा शिवराज सापकोटा, शिवनिधि खनाल, रुद्रबहादुर गेलाङ मगर, भरत ढुंगाना, दिपक अधिकारी, दामोदर रिजाल, कृष्णप्रसाद कोइराला र उज्ज्वल श्रेष्ठ रहेका छन् ।

धादिङ निर्वाचन क्षेत्र नम्बर १ तर्फ नेपाली कांग्रेसबाट कृष्ण रिजाल,नेकपा एमालेबाट भूमि प्रसाद त्रिपाठी,नेकपाबाट राजेन्द्र प्रसाद पाण्डे,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आशिका तामाङ, उज्यालो नेपाल पार्टीबाट श्याम राजा पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गीता प्रसाद आचार्यले मनोनयन दर्ता गराएका हुन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजनप्रसाद रेग्मी, श्रम संस्कृति पार्टीबाट प्रलाद सिलवाल, नेशनल अर्गनाईजेशन पार्टीवाट रिन्छेन तामाङ (सुमन), नेपाल मजदुर किसान पार्टीबाट चन्द्रादेवी वासुकला, संयुक्त नागरिक पार्टीबाट डम्बर वहादुर लिम्बु, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट कुमार बहादुर तामाङ, आम जनता पार्टीबाट जाल्पा देवी रेग्मी रहेका छन् । त्यसै गरी क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिनेहरुमा हरि भण्डारी, राजेश भट्टराई, निरन्जन संजेल, ध्रुव प्रसाद पाण्डे, धर्मराज नेपाल, दिपक तामाङ, तपन उप्रेती, ईश्वर भारती, अर्जुन प्रसाद अर्याल, कृष्ण प्रसाद अधिकारी, केशवराज रुपाखेती रहेका छन् ।

निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार अब उम्मेदवारको नामावली प्रकाशन, दाबी–विरोध, अन्तिम नामावली प्रकाशन प्रक्रिया अघि बढ्नेछ । यससँगै धादिङको राजनीतिक प्रतिस्पर्धा थप रोचक र प्रतिस्पर्धात्मक बन्ने देखिएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ