प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

बुधबार, माघ ८, २०८२

theme

प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार (माघ ६) देशभर मनोनयन उम्मेदवारीको दर्ता प्रक्रिया सम्पन्न भएको छ । 

 

 

निर्वाचन आयोगका अनुसार देशभरबाट कुल ३ हजार ४ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारमध्ये १ हजार १ सय ८७ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । प्रतिनिधिसभा सदस्यका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारी परेको छ । ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ र स्वतन्त्र १ हजार १८७ जनाले हिजो मनोनयन दर्ता गराएका हुन् । कूल उम्मेदवारमध्ये पुरुष ३ हजार ८८ र महिला ३ सय ९५ र अन्य समूहका एक महिला रहेको निर्वाचन आयोगले जनाएको छ ।

 

 

त्यस्तै, उमेरगत रूपमा २५ देखि ३५ वर्षसम्म ५८३, ३६ देखि ५० वर्षसम्म एक हजार ६१०, ५१ देखि ६५ वर्षसम्म एक हजार ९० र ६५ देखिमाथि २०१ जनाले उमेदवारी दिएको आयोगले जनाएको छ । 

 

 

आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्ममा उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल