नेपाली कांग्रेस धादिङले आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लास्तरीय १,१११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

जिल्ला पार्टी कार्यालय धादिङबेँसीमा सम्पन्न बैठकले जिल्ला, क्षेत्र, पालिका तथा वडास्तरसम्म पार्टीको संगठनलाई सक्रिय बनाउने गरी व्यापक प्रतिनिधित्वसहित परिचालन समिति बनाउने र निर्वाचनलाई केन्द्रमा राख्दै मतदाता पहुँच, घरदैलो अभियान, प्रचार–प्रसार, मतदान व्यवस्थापन तथा मतगणनासम्मको सम्पूर्ण जिम्मेवारी उक्त समितिले सम्हाल्नेछ । सभापति रामनाथ अधिकारीको संयोजकत्वमा १ हजार १११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको नेपाली कांग्रेस धादिङका सचिव विकास श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले भन्नुभयो समितिमा पार्टीका जिल्ला पदाधिकारी, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संघ–संस्थाका प्रतिनिधि, महिला, युवा, दलित, आदिवासी जनजाति, अल्पसंख्यक तथा विभिन्न पेशा र समुदायका प्रतिनिधिहरूलाई समेटिएको छ । यसले पार्टीभित्र समावेशिता र सामूहिक नेतृत्वको अभ्यासलाई थप मजबुत बनाउँदै निर्वाचनमा प्रभावकारी रणनीति लागू गर्ने उद्देश्यका साथ उक्त समिति गठन गरिएको हो । कांग्रेस धादिङले लोकतन्त्र, संविधानको रक्षा, सुशासन, विकास र समृद्धिलाई प्रमुख एजेन्डा बनाएर जनतामाझ जानी छ । जनताको विश्वास जित्दै निर्वाचन क्षेत्रमा कांग्रेसलाई विजयी गराउने लक्ष्यका साथ परिचालन समिति सक्रिय रूपमा मैदानमा उत्रिनेछ ।

कांग्रेस धादिङको १,१११ सदस्यीय निर्वाचन परिचालन समिति गठनलाई जिल्लाको राजनीतिक गतिविधिमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ