
“धादिङको दीगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नारासहित १०औँ धादिङ महोत्सव–२०८२ आयोजना हुँदैछ ।

धादिङ उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवको औपचारिक उद्घाटन माघ १५ गते बिहान ११ बजे धादिङको नीलकण्ठ नगरपालिका–३, धादिङबेसीको खुल्लामन्चमा हुने छ । महोत्सव माघ १५ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ । धादिङ महोत्सवले स्थानीय उत्पादन, उद्यमशीलता र लगानी प्रवर्द्धनलाई एउटै सूत्रमा बाँध्ने अपेक्षा गरिएको छ । पर्यटन प्रवर्द्धनतर्फ पनि महोत्सवले विशेष जोड दिएको छ । धादिङका धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसारसँगै स्थानीय संस्कृति, कला र पहिचानलाई उजागर गर्नु नै महोत्सवको मुख्य उद्देश्य रहेको छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटिले महोत्सवले सम्भावनायुक्त क्षेत्रहरूमा लगानी आकर्षित गर्ने उद्देश्य बोकेको र कृषि व्यवसायीकरण, पर्यटन पूर्वाधार विकास, जलस्रोत उपयोग तथा साना–मझौला उद्योग स्थापनाबारे लगानीकर्तालाई जानकारी गराउने कार्यक्रमहरू महोत्सवका प्रमुख आकर्षण रहेको बताउनुभयो । यसले धादिङलाई लगानीमैत्री जिल्लाका रूपमा चिनाउने अपेक्षा गरिएको छ । त्यस्तै धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीका अनुसार पर्यटन प्रवर्द्धनतर्फ महोत्सवले विशेष जोड दिएको छ । जलस्रोतको दृष्टिले समृद्ध धादिङ जिल्लामा जलविद्युत्, सिँचाइ र ऊर्जा उत्पादनका सम्भावनालाई दीगो ढंगले उपयोग गर्ने विषयमा पनि महोत्सवमार्फत बहस गरिने छ । धादिङका धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसारसँगै स्थानीय संस्कृति, कला र पहिचानलाई उजागर गर्ने आन्तरिक तथा बाह्य पर्यटक आकर्षणमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ,त्यस्तै धादिङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष तिलक ढुङानाले धादिङ जिल्लामा रहेका कृषि उत्पादन, स्थानीय तथा घरेलु उद्योग, प्राकृतिक पर्यटन सम्भावना र प्रशस्त जलस्रोतको समुचित उपयोगमार्फत स्थानीय अर्थतन्त्रलाई सबल बनाउनु र परम्परागत कृषि प्रणालीलाई व्यवसायिक र आधुनिक प्रविधिसँग जोड्दै किसानको आयस्तर वृद्धि गर्ने, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने तथा रोजगारी सिर्जना गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको प्रस्ट पार्नुभयो ।

महोत्सव केवल मनोरञ्जनमा सीमित नभई जिल्लाको दीर्घकालीन विकास रणनीति र आर्थिक सबलीकरणको साझा मञ्चका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। स्थानीय उत्पादनको प्रवर्द्धनदेखि रोजगारी सिर्जना र लगानी भित्र्याउनेसम्मका प्रयासहरूले धादिङको समृद्ध भविष्य निर्माणमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने स्थानिय बासिको अपेक्षा रहेको छ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ