दशौं धादिङ महोत्सवको रौनक बढ्दै,TikTok च्यालेन्जदेखि कृषि र सांस्कृतिक प्रतियोगितासम्म

सोमबार, माघ १३, २०८२

theme

जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्यसहित आयोजना हुन लागेको दशौं धादिङ महोत्सवको तयारी तीव्र गतिमा अघि बढिरहेको छ ।

 

 

“धादिङको दीगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नारासहित १०औँ धादिङ महोत्सव माघ १५ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवले धादिङको समग्र विकास, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । महोत्सवमा घरेलु उत्पादन प्रदर्शनी तथा प्रतियोगिता पनि विशेष आकर्षणको रूपमा रहनेछ । स्थानीय उद्यमी र गृहिणीहरूले उत्पादन गरेका खाद्य सामग्री, हस्तकला, कपडा, जडीबुटीजन्य वस्तु लगायतका सामग्रीको प्रदर्शन तथा बिक्री हुनेछ । यसले स्थानीय उद्यमशीलता विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गर्ने धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटिले ओखर न्यूज डट कमलाई जानकारी दिनुभयो ।

 

 

धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीका अनुसार महोत्सवलाई अघिल्ला संस्करणभन्दा फरक, सिर्जनात्मक र युवामैत्री बनाउने लक्ष्य राखिएको छ । सोहीअनुसार TikTok च्यालेन्ज, कृषि प्रदर्शनी तथा प्रतियोगिता, घरेलु उत्पादन प्रदर्शनी, साथै सांस्कृतिक झाँकी प्रदर्शनी तथा प्रतियोगितालाई मुख्य आकर्षणका रूपमा समावेश गरिएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन, कृषि, पर्यटन, उद्योग तथा संस्कृतिको संरक्षण र विकासलाई केन्द्रमा राख्दै महोत्सवलाई भव्य र प्रभावकारी बनाउने तयारी गरिएको छ । 

 

 

महोत्सवमा पहिलोपटक समावेश गरिएको TikTok च्यालेन्जले युवा पुस्तालाई महोत्सवतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ। धादिङको कला, संस्कृति, पर्यटकीय स्थल, स्थानीय उत्पादन र जीवनशैलीलाई प्रवर्द्धन गर्ने भिडियोहरू निर्माण गरी सहभागी हुन सकिने यस च्यालेन्जले डिजिटल माध्यममार्फत जिल्लाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने धादिङ उद्योग वाणिज्य संघका महासचिव तिलक सिंखडाले जानकारी दिए ।  

 

 

धादिङ जिल्लामा रहेका विभिन्न जातजाति, भाषा, भेषभूषा र संस्कृतिलाई झल्काउने सांस्कृतिक झाँकी प्रदर्शनी तथा प्रतियोगितामार्फत जिल्लाको बहुसांस्कृतिक पहिचानलाई उजागर गरिनेछ । विभिन्न सांस्कृतिक समूहको सहभागिताले महोत्सवलाई रंगीन र आकर्षक बनाउने धादिङ उद्योग वाणिज्य संघको महिला उपाध्यक्ष एवम् झाँकी समितिको संयोजक रेखा पण्ति अधिकारीले जानकारी दिनुभयो ।

 

 

दशौं संस्करणको रूपमा आयोजना हुन लागेको यस महोत्सवलाई जिल्लाकै गौरवको कार्यक्रमका रूपमा स्थापित गर्ने लक्ष्यसहित तयारी अन्तिम चरणतर्फ अघि बढिरहेको धादिङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष तिलक प्रसाद ढुङानाले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ