फागुन २१ को निर्वाचन लक्षित गर्दै धादिङमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

सोमबार, माघ १३, २०८२

theme

धादिङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

 

धादिङ जिल्लामा २ लाख ७५ हजार २ सय ८० मतदाताको लागि ३१० वटा मतदान केन्द्र तोकिएको छ। निर्वाचन क्षेत्र नम्बर १ मा २३ र क्षेत्र नम्बर २ मा २४ गरी कुल ४७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदाता नामावली, मतदान केन्द्र व्यवस्थापन, कर्मचारी व्यवस्थापनलगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।  निर्वाचनलाई सुरक्षित र विश्वसनीय बनाउन व्यापक सुरक्षा व्यवस्था मिलाइएको जनाइएको छ ।

 

 

कार्यक्रमलाइ सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो । उहाँले सबै राजनीतिक दल, उम्मेदवार, समर्थक तथा सञ्चारकर्मीहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्नुभयो। निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सबै पक्षको जिम्मेवार भूमिका अपरिहार्य रहेको उहाँको भनाइ थियो । “मिडियाले तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार पत्रकारितामार्फत निर्वाचनको विश्वसनीयता कायम राख्नुपर्ने निष्पक्ष र उत्तरदायी सञ्चार नै लोकतन्त्रको आधार भएको बताउदै उहाँले अफवाह, भ्रामक सूचना तथा एकपक्षीय समाचारले निर्वाचन प्रक्रियामा नकारात्मक असर पार्न सक्ने भएकाले यस्ता गतिविधिबाट टाढा रहन सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो ।

 

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन, सुरक्षा निकाय र निर्वाचन कार्यालय पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले जिल्लाको समग्र सुरक्षा अवस्थाको मूल्यांकन गरिसकिएको र कुनै पनि अप्रिय घटना हुन नदिन आवश्यक सबै तयारी पूरा गरिएको जानकारी दिनुभयो ।

 

 

सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमित खड्काले मतदान अघिदेखि मतगणना पूरा नहुँदासम्म सुरक्षा सुनिश्चित गर्न तयारी पूरा भइसकेको जानकारि दिनुभयो । धादिङमा ११ सय १५ नेपाल प्रहरी, ३ सय ५० शशस्त्र प्रहरी र २२ सय ६९ निर्वाचन प्रहरी परिचालन हुनेछ भने आवश्यकताअनुसार नेपाली सेनालाई पनि परिचालन गरिनेछ ।

 

 

अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, पूर्व अध्यक्ष राजाराम शर्मा, कान्तिपुर टेलिभिजनका वरिष्ठ उपसम्पादक पोषनाथ अधिकारी ,अनलाइन मिडिया सोसाईटीका अध्यक्ष केशव अधिकारी लगायत सञ्चारकर्मीहरूले निर्वाचनका क्रममा सूचना प्रवाह, समाचार सम्प्रेषणमा देखिन सक्ने चुनौती र समाधानका बारे जिज्ञासामा निर्वाचन अधिकारी ले प्रेस स्वतन्त्रता र निर्वाचनको मर्यादा दुवैलाई सन्तुलनमा राखेर अघि बढ्नुपर्ने बताउनु भयो ।

 

 

कार्यक्रममा सबै सरोकारवालाबीच सहकार्य, समन्वय र पारदर्शितामार्फत धादिङमा नमुना निर्वाचन सम्पन्न गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ