घातक निपाह भाइरसको त्रास पश्चिम बंगालमा स्वास्थ्यकर्मी संक्रमित, नेपालमा सतर्कता अपनाउन थालिए

बुधबार, माघ १५, २०८२

theme

पछिल्लो समय पश्चिम बंगालमा देखिएको यो प्रकोपले संक्रमण फैलिन सक्ने चिन्ता बढाएको छ,भने नेपालले पनि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित भारतसँग जोडिएका स्थल सीमामा स्वास्थ्य जाँच जाँच सुरु गरेको छ । 

 

 

नेपालमा भारतसँगको सीमानाकामा र काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतबाट आउने यात्रुहरूको 'स्क्रीनिङ' गर्न थालिएको छ । तर अहिलेसम्म सङ्क्रमित व्यक्ति फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस घटनाले पुनः एकपटक जनस्वास्थ्य सुरक्षामा सतर्कता र तयारीको आवश्यकता रहेको स्पष्ट पारेको छ । पश्चिम बंगालमा यस महिनाको सुरुवातमै पाँच जना स्वास्थ्यकर्मी निपाह भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ। संक्रमितहरूसँग सम्पर्कमा आएका करिब ११० जनालाई क्वारेन्टिनमा राखेर निगरानी गरिँदै छ । निपाह भाइरस जनावरबाट मानिसमा सर्ने रोग हो, जसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुने बताइन्छ। हालसम्म यस रोगको कुनै पनि खोप वा औषधि उपलब्ध छैन । उनीहरूको नियमित स्वास्थ्य परीक्षण, तापक्रम मापन तथा लक्षणको निरन्तर अनुगमन भइरहेको सम्बन्धित अधिकारीहरूले जानकारी दिएका छन् ।

 

 

निपाह भाइरस सुँगुर र फल खाने चमेरोजस्ता जनावरबाट मानिसमा सर्न सक्छ। दूषित खाना वा मानिस–मानिसबीच प्रत्यक्ष सम्पर्कमार्फत पनि संक्रमण फैलिन सक्ने विश्व स्वास्थ्य संगठन (WHO) ले जनाएको छ। यही उच्च जोखिमका कारण WHO ले निपाह भाइरसलाई कोभिड–१९ र जिकाजस्ता रोगहरूसँगै सम्भावित महामारी फैलाउन सक्ने शीर्ष १० प्राथमिक रोगमध्ये राखेको छ । यस भाइरसको इन्क्युबेशन अवधि चारदेखि १४ दिनसम्म हुने र लक्षण नदेखिनेदेखि ज्वरो, टाउको दुख्ने, मांसपेशी दुख्ने, बान्ता, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या र गम्भीर अवस्थामा मस्तिष्क सुन्निने (इन्सेफालाइटिस) जस्ता समस्या देखिन सक्ने बताइएको छ ।


 

हालसम्म निपाह भाइरसविरुद्ध कुनै पनि प्रभावकारी खोप वा निश्चित औषधि उपलब्ध नभएकोले रोकथाम नै मुख्य उपाय रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसका लागि संक्रमित व्यक्तिलाई अलग्गै राख्ने, व्यक्तिगत सुरक्षा सामग्री (PPE) को प्रयोग, हातको सरसफाइ, जनावर तथा संक्रमित व्यक्तिसँग अनावश्यक सम्पर्क नगर्नेजस्ता सावधानी अपनाउन आग्रह गरिएको छ ।

 

 

सर्वसाधारणलाई अफवाहको पछि नलाग्न, स्वास्थ्यसम्बन्धी निर्देशन पालना गर्न र कुनै लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

100%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ