दशौं धादिङ महोत्सवको सम्पूर्ण तयारी पूरा,अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्ने

बुधबार, माघ १५, २०८२

theme

दशौं धादिङ महोत्सव–२०८२ आज माघ १५ गतेदेखि माघ २५ गतेसम्म धादिङको नीलकण्ठ नगरपालिका–३, धादिङबेसीको खुल्लामन्चमा हुने छ ।

 

 

“धादिङको दीगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नारासहित १०औँ धादिङ महोत्सवको नीलकण्ठ नीलकण्ठ नगरपालिकाको संरक्षकत्व तथा धादिङ उद्योग वाणिज्य संघको आयोजनामा हुने र महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यक्रम तय भएको छ भने विभिन्न विशिष्ट अतिथि तथा अतिथिहरूलाई आमन्त्रण गरिएको छ। स्टल व्यवस्थापन, समग्र मेला क्षेत्रको तयारी, सांस्कृतिक झाँकी प्रतियोगिता तथा शोभायात्राको तयारी लगभग सम्पन्न भइसकेको धादिङ उद्योग वाणिज्य संघ अध्यक्ष एवम् संयोजक मूल आयोजक समिति रामकुमार डल्लाकोटिले जानकारी दिनुभयो ।

भैरवी मन्दिरको पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकतामा राख्दै डकुमेन्ट्री, ब्रोसर निर्माण तथा गेटदेखि मञ्चसम्म भैरवी झल्किने गरी प्रचारप्रसार गरिएको छ। सोहीअनुसार TikTok च्यालेन्ज, कृषि प्रदर्शनी तथा प्रतियोगिता, घरेलु उत्पादन प्रदर्शनी, साथै सांस्कृतिक झाँकी प्रदर्शनी तथा प्रतियोगितालाई मुख्य आकर्षणका रूपमा समावेश गरिएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन, कृषि, पर्यटन, उद्योग तथा संस्कृतिको संरक्षण र विकासलाई केन्द्रमा राख्दै महोत्सवलाई भव्य र प्रभावकारी बनाउने तयारी गरिएको धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले बताए ।

 

 

बुढिगण्डकी जलाशयुक्त आयोजनाको निर्माण कार्य अघि बढाउन दबाब दिने उद्देश्यले महोत्सव अवधिभर हस्ताक्षर अभियान सञ्चालन गरिनेछ दर्शकहरूको सहजताका लागि रु. ५०० को टिकट खरिद गर्दा महोत्सवको पूरै अवधि अवलोकन गर्न सकिने ‘मेगा अफर’ व्यवस्था गरिएको छ । महोत्सव अवधिभर स्थानीय कृषि उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्रीहरुको प्रदर्शनी, बिक्री तथा प्रवर्द्धन गरिने र कृषि विकास कार्यालयसँगको समन्वयमा कृषि उपजको प्रदर्शनी तथा प्रतियोगिता, उद्योग वाणिज्य कार्यालयसँगको सहकार्यमा घरेलु उत्पादनको प्रदर्शनी तथा प्रतियोगिता सञ्चालन गरिनेछ र जिल्लाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने धादिङ उद्योग वाणिज्य संघका महासचिव तिलक सिंखडाले जानकारी दिए ।  

 

महोत्सवमा व्यापारिक तथा व्यावसायिक ११० र प्रदर्शनी ४८ गरि जम्मा १५८ वटा स्टल रहनेछन् भने हजारौं दर्शकहरुले अवलोकन गरि मनोरन्जन लिने अपेक्षा गरिएको छ । महोत्सवले जिल्लाका स्थानीय उत्पादन, पर्यटन गन्तव्य, कला–संस्कृति र उद्यमशीलतालाई राष्ट्रियस्तरसम्म चिनाउन महत्वपूर्ण भूमिका खेल्ने र जिल्लाकै गौरवको कार्यक्रमका रूपमा स्थापित गर्ने महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको धादिङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष तिलक प्रसाद ढुङानाले बताए ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल