धादिङ जिल्लाको समग्र विकास र अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यसहित ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ दशौं धादिङ महोत्सव–२०८२ बिहीबारदेखि धादिङबेसीको खुल्ला मञ्चमा दशौं धादिङ महोत्सवसुरु भएको छ ।

आज माघ १५ गतेदेखि माघ २५ गतेसम्म धादिङको नीलकण्ठ नगरपालिका–३, धादिङबेसीको खुल्लामन्चमा हुने छ । उद्घाटनअघि धादिङबेसी बजारमा विभिन्न जातजातिका झाँकीसहित भव्य ¥याली निकालिएको थियो । महोत्सव सुरु हुनुअघि धादिङबेसी बजार क्षेत्रमा तामाङ, नेवार, चेपाङ, गुरुङ, कुमाल, बाराम र क्षेत्री महिला समूहले आफ्ना मौलिक पहिचान झल्किने भेषभूषासहित नाचगान गर्दै बजार परिक्रमा गरेका थिए भने घोडचढी नाच, चुड्का भजन र पञ्चेबाजाको धुनले बजार क्षेत्रलाई उत्सवमय बनाएको थियो ।
महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक विशेष समारोहका बिच उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्रको भूमिका निर्णायक रहेको बताउनुभयो । वर्षौं देखि चर्चामा रहेको बुढीगण्डकी जलविद्युत आयोजना जसरी पनि बन्नैपर्ने आयोजना भएको भन्दै सरकारलाई तत्काल निर्णय गरेर काम अघि बढाउन आग्रह गर्नुभयो । “बुढीगण्डकी आयोजना राष्ट्रिय गौरवको आयोजना हो, यो आयोजना बनेन भने देशको ऊर्जा र औद्योगिक विकास नै प्रभावित हुन्छ,” अध्यक्ष ढकालले भन्नुभयो । पछिल्लो समय देखिएको आर्थिक मन्दीले निजी क्षेत्रलाई गम्भीर रूपमा प्रभावित पारेको उल्लेख गर्दै अर्थतन्त्र चलायमान बनाउन सरकारको नीतिगत सहयोग अपरिहार्य रहेको बताउनुभयो । त्यसै अवसरमा बुढिगण्डकी जलाशयुक्त आयोजनाको निर्माण कार्य अघि बढाउन दबाब दिने उद्देश्यले महोत्सव अवधिभर हस्ताक्षर अभियान सञ्चालन सुरु गरिएको छ । जसमा प्रमुख अतिथि ढकालले हस्ताक्षर गर्दै ऐक्यबद्धता जनाउनुभयो ।
कार्यक्रमका सभापति एवं धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले महोत्सवले जिल्लाको कृषिजन्य उत्पादन, घरेलु तथा औद्योगिक वस्तुको प्रदर्शन र सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले यस्ता महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, लगानी प्रवर्द्धन तथा उद्यमीलाई प्रोत्साहन गर्दै आन्तरिक पर्यटन विकासमा टेवा पुर्याउने बताउनुभयो ।
जिल्लामा आयोजना हुने यस्ता महोत्सवहरू उत्पादक र उपभोक्ता बिचको सिधा सम्पर्क स्थापित गराई स्थानीय वस्तुको उपभोग गर्ने बानीको विकास गर्नुका साथै, विभिन्न जातजातिका झाँकी र सांस्कृतिक प्रस्तुतिले लोपोन्मुख परम्पराहरूको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको धादिङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले बताउनु भयो ।

महोत्सव स्थलमा १५८ वटा स्टल राखिएका छन्, जहाँ स्थानीय परिकार, कृषि उत्पादन, घरेलु तथा साना उद्योगका सामग्री, औद्योगिक प्रदर्शनी, बाल उद्यान तथा सूचना प्रविधिसम्बन्धी सामग्रीहरू राखिएको छ। साथै, महोत्सव अवधिभर दैनिक सांस्कृतिक कार्यक्रम, लोकनृत्य, गायन तथा मनोरञ्जनात्मक प्रस्तुति हुनेछन् ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ