आज देखि २२ गतेसम्म धादिङ उद्योग वाणिज्य संघका सदस्यले दशौं धादिङ महोत्सव निःशुल्क हेर्न पाउने

आइतबार, माघ १९, २०८२

theme

दशौं धादिङ महोत्सव–२०८२ अन्तर्गत धादिङ उद्योग वाणिज्य संघका सम्पूर्ण सदस्यहरूले आज माघ १८ गतेदेखि २२ गतेसम्म संघमा आवद्ध व्यवसायी सदस्यहरूलाई परिचयपत्रकै आधारमा निशुल्क प्रवेशको व्यवस्था गरिने भएको छ ।

 

 

धादिङ उद्योग वाणिज्य संघमा २१ सय भन्दा बढी व्यवसायी सदस्यता प्राप्त गरिसकेका छन् । संघमा आवद्ध सदस्यहरूको सक्रिय सहभागिता र उत्साह बढाउने उद्देश्यले यो व्यवस्था गरिएको हो । निःशुल्क प्रवेशका लागि उद्योग वाणिज्य संघद्वारा जारी गरिएको सदस्यता परिचयपत्र वा दर्ता नम्बर देखाउनुपर्ने व्यवस्था गरिएको छ ।उद्योग वाणिज्य संघका पदाधिकारीहरूले यस सुविधाले व्यवसायीहरूलाई महोत्सवसँग थप नजिक बनाउने र स्थानीय उत्पादन तथा उद्योगको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै संघका व्यवसायीहरूलाई मात्र निःशुल्क प्रवेश सुविधा उपलब्ध हुने धादिङ उद्योग वाणिज्य संघका महासचिव तिलक सिंखडाले जानकारी दिए ।  

 

 

“धादिङको दीगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको महोत्सवमा स्थानीय उत्पादन, कृषि प्रदर्शनी, औद्योगिक स्टल, पर्यटन प्रवर्द्धनका सामग्री, सांस्कृतिक कार्यक्रम तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समेटिएका छन् ।

 

 

दशौं धादिङ महोत्सव धादिङबेसीको खुल्ला मञ्चमा सञ्चालन भइरहेको छ र महोत्सव स्थलमा १५८ वटा स्टल राखिएका छन्, जहाँ स्थानीय परिकार, कृषि उत्पादन, घरेलु तथा साना उद्योगका सामग्री, औद्योगिक प्रदर्शनी, बाल उद्यान तथा सूचना प्रविधिसम्बन्धी सामग्रीहरू राखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ