दशौं धादिङ महोत्सवमा दर्शकको घुइँचो, दुई दिनमा ९ हजार भन्दा बढी टिकट बिक्री

आइतबार, माघ १९, २०८२

theme

धादिङबेसीस्थित खुल्ला मञ्चमा जारी दशौं धादिङ महोत्सव–२०८२ मा दिनप्रतिदिन दर्शकको चाप उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ ।

 

 

दशौं धादिङ महोत्सवमा दर्शकहरुको दिन प्रतिदिन चाप बढी रहेका देख्न सकिन्छ । महोत्सव सुरु भएयता जिल्लाभित्रका साथै छिमेकी जिल्लाबाट समेत दर्शकहरूको उल्लेख्य सहभागिता रहेको छ । महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको र आज शनिबार सम्म लगभग  १५ हजारदर्शकले अवलोकन गरेका छन् । ९ हजार भन्दा बढी टिकट बिक्री भइसकेको छ । विशेषगरी साँझपख सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति र विभिन्न मनोरञ्जनात्मक गतिविधिका कारण दर्शकको उपस्थिति झनै बढ्ने धादिङ उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष एवम् टिकट संयोजक गोविन्द भण्डारीले ओखर न्यूज डट कम लाई जानकारी दिनुभयो ।

 

 

“धादिङको दीगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नारासहित १०औँ धादिङ महोत्सव माघ १५ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव स्थलमा दर्शकको चाप थेग्नै मुस्किल पर्ने अवस्था देखिएको छ । स्टलहरुको स्थानिय व्यपार पनि राम्रै भएको व्यवसायीहरुले बताएका छन् । 

 

 

महोत्सव स्थलमा कृषि प्रदर्शनी, अटोमोबाइल, रेष्टुरेन्ट तथा व्यापारिक गरी   जम्मा १५८ वटा स्टल राखिएका छन् । बालबालिकाका लागि विशेष बालउद्यान को व्यवस्था गरिएको छ । महोत्सवले स्थानीय कृषि उत्पादन र उद्यमको बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

 

 

 

 

 

 

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल