प्रतिनिधिसभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै धादिङमा सुरक्षा व्यवस्था कडा, ९ बुँदे निर्णय लागू

बिहीबार, माघ २३, २०८२

theme

प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई शान्तिपूर्ण, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय धादिङले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

 

 

निर्वाचन कार्यक्रमदेखि परिणाम घोषणा नभएसम्म सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले ९ बुँदे निर्णयसहित विशेष सतर्कता अपनाउने जनाएको हो । जिल्ला प्रशासन कार्यालय धादिङले बुधबार जारी गरेको प्रेस नोटअनुसार राजनीतिक दल वा समूहको आह्वानमा हुन सक्ने निर्वाचन विरोधी गतिविधि, बन्द, हड्ताल, चक्काजाम, घेराउजस्ता कार्यक्रमलाई कडाइका साथ नियन्त्रण गरिने उल्लेख छ । यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई निगरानीमा राखी कानुनअनुसार कारबाही गरिने स्पष्ट गरिएको छ । सामाजिक सञ्जालमार्फत हुने निर्वाचन विरोधी गतिविधिको सूचना संकलन, विश्लेषण तथा अनुगमन गरी दोषीलाई कानुनी दायरामा ल्याइने व्यवस्था गरिएको छ । निर्वाचन अवधिमा जुलुस, आमसभा, कोणसभा तथा भेला जस्ता कार्यक्रम स्थानीय प्रशासनको पूर्वअनुमति लिएर मात्र गर्नुपर्ने प्रशासनले जनाएको छ । त्यस्तै, राजमार्ग तथा अन्य संवेदनशील क्षेत्रमा हुन सक्ने अवरोध तत्काल हटाइने, सुरक्षा निकायको नियमित गस्ती र पिकेट व्यवस्थालाई थप सुदृढ बनाइने निर्णय गरिएको छ । अवैध वा जबर्जस्ती रूपमा चन्दा संकलन गर्ने, धम्की दिने जस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्ति वा संस्थामाथि कडा कारबाही गरिने प्रशासनले जनाएको छ ।

निर्वाचन अवधिभर अत्यावश्यक वस्तुको सहज आपूर्ति, भण्डारण, बिक्री वितरण तथा बजार अनुगमनलाई प्रभावकारी बनाइने उल्लेख गर्दै अनुमति बिना ड्रोन उडान गरे वा गराएमा कानुनबमोजिम कारबाही हुने प्रशासनले स्पष्ट पारेको छ । 

 

 

जिल्ला प्रशासन कार्यालय धादिङले निर्वाचन आचारसंहिता–२०८२ को पूर्ण पालना गर्दै निर्वाचनलाई सफल बनाउन राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, आम नागरिक, मतदाता तथा सञ्चारकर्मीहरूलाई संयम, सहकार्य र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

100%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ