'नेपाल आइडल' सिजन ६ को अडिसन चैत पहिलो हप्तादेखि नयाँ सिजन सुरू हुने भएको छ ।
नेपाल आइडलको यस अघिको सिजनमा करण परियार विजेता बनेका थिए ।सिजन ६ को अडिसन चैत पहिलो हप्तादेखि सुरू हुन लागेको गायन रियालिटी शो 'नेपाल आइडल' को पत्रकार सम्मेलनमा आयोजकले अडिसनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन् । यस सिजनको निर्णायक मण्डलमा सुरूवाती तीन सिजन तथा पाँचौं सिजनका निर्णायकहरू न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहनेछन्। कार्यक्रम प्रस्तोतामा आसिफ शाह हुनेछन् ।
अडिसन चरण अन्तर्गत सुनसरीको इटहरी, कास्कीको पोखरा, बाँकेको नेपालगञ्ज हुँदै संघीय राजधानी काठमाडौंमा ओपन अडिसन गरिनेछ। नेपाल आइडलको प्रसारण एपीवान टेलिभिजनबाट हुनेछ। समयअनुसार केही परिमार्जन र नवीनता समेट्दै सिजन ६ प्रस्तुत गरिनेछ गर्न लागिएको टेलिभिजनले जनाएको छ।
एपीवान टेलिभिजनद्वारा प्रस्तुत नेपाल आइडलको यस पटकको सिजनमा प्रतियोगीहरूलाई ब्याकअप ब्यान्डको साथ रहने व्यवस्था गरिएको छ, जसले उनीहरूको प्रस्तुतिलाई अझ उत्कृष्ट बनाउन सहयोग गर्ने जनाइएको छ। साथै, नेपाल आइडलका एक्स्ट्रा एपिसोडहरू पनि प्रसारण गरिने छन्, जसले दर्शकलाई पर्दा पछाडिका रोचक कथाहरू प्रस्तुत गर्नेछ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल