नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको आठौँ राष्ट्रिय महाधिवेशनले धादिङका नारायण कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

महाधिवेशनमा देशभरका ७७ वटै जिल्लाबाट प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा व्यवसाय क्षेत्रका समसामयिक चुनौती, अवसर तथा भावी रणनीतिबारे व्यापक छलफल गरिएको महासंघले जनाएको छ । महाधिवेशनले व्यवसायीहरूको हक–हित संरक्षण, व्यवसायिक सुदृढीकरण तथा महासंघको संस्थागत विकासमा नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। पुस्तक तथा स्टेशनरी व्यवसायलाई स्वस्थ, मर्यादित र व्यवसायमैत्री वातावरणमा अगाडि बढाउने दिशामा अध्यक्ष श्रेष्ठको कार्यकाल उपलब्धिमूलक रहने अपेक्षा गरिएको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका निवासी नारायण कुमार श्रेष्ठले धादिङबेसीमा ‘त्रिपुरा पुस्तक पसल’ सञ्चालन गर्दै व्यवसायिक यात्रा सुरु गर्नुभएको थियो । स्थानीय स्तरबाट व्यवसाय प्रारम्भ गरी राष्ट्रिय नेतृत्वसम्म पुग्न सफल उहाँको यात्रालाई महाधिवेशन सहभागीहरूले प्रेरणादायी उदाहरणका रूपमा लिएका छन् ।

नव–निर्वाचित नेतृत्वले संस्थागत विकाससँगै सदस्य व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न रचनात्मक तथा दीर्घकालीन कार्यक्रमहरू ल्याउने योजना बनाएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल