दशौं धादिङ महोत्सव–२०८२ को आज समापन हुँदै

आइतबार, माघ २६, २०८२

theme

धादिङमा सञ्चालन भइरहेको दशौं धादिङ महोत्सव २०८२ को आज आईतबार औपचारिक रूपमा समापन गरिँदैछ ।

 

 

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलस्रोत र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ माघ १५ गतेदेखि सुरु भएको महोत्सव आज माघ २५ गते धादिङको नीलकण्ठ नगरपालिका–३, धादिङबेसीको खुल्लामन्चमा भव्य र सभ्य रुपमा समापन हुन लागेको हो । यसैविच महोत्सवको अन्तीम दिन आज पशुपति शमॅा,राजेश गुरुड,सिता लामा, सुष्मा बिसी,नेत्रजी पन्त,सपना रोक्का लगायतका कलाकारको प्रस्तुती रहने छ ।  आज महोत्सवको समापन कार्यक्रम ३:३० तय गरिएको धादिङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले ओखर न्यूज डट कम लाई जानकारी दिनुभयो ।

 

 

बुढिगण्डकी जलाशयुक्तले धादिङ जिल्लाको आर्थिक विकास, रोजगारी र राष्ट्रिय ऊर्जा सुरक्षामा ठूलो योगदान पुर्‍याउने भन्दै सरकारलाई छिटो निर्णय र काम अगाडि बढाउन दबाव दिने उद्देश्यले महोत्सव स्थलमै हस्ताक्षर अभियानमा सर्वसाधारण, व्यवसायी, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको पनि उल्लेखनीय सहभागिता देखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
50%

50%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल