१०औँ संस्करणको आईसीसी टी–२० विश्वकपको समूह 'सी' अन्तर्गतको पाँचौं खेलमा नेपाल र इंग्ल्याण्ड भिड्दैछन् ।

नेपालले तेश्रो पटक टी–२० विश्वकप खेल्दैछ । खेल आइतबार नेपाली समयअनुसार दिउँसा सवा तीन बजे हुँदैछ । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोली पहिलो पटक एक-अर्काविरुद्ध मैदानमा उत्रिन लागेका हुन् । आईसीसी वरियतामा तेस्रो स्थानमा रहेको इंग्ल्यान्डविरुद्ध खेल्दा नेपाल त्यही एउटा सरप्राइजको खोजीमा समेत हुनेछ । प्रतियोगिताको 'सुपर ८' चरणमा पुग्न दुवै टोलीका लागि यो खेल जित्दै सुखद सुरुवात गर्नु निकै महत्त्वपूर्ण छ । त्यसका लागि नेपालले समूह चरणका चारमध्ये कम्तीमा २ खेल जित्नुपर्नेछ र इंग्ल्यान्डसँगकै खेलमा जित निकाल्न सके आगामी खेलका लागि नेपाली टोलीको मनोबल उच्च रहनेछ ।

नेपालको सम्भावित ११ : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, शेर मल्ल मैदानमा उतार्दै छ ।

इंग्ल्यान्डको प्लेइङ ११ : फिल साल्ट, जस बट्लर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रूक, विल ज्याक्स, साम करान, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर, लुक वूड मैदानमा उतार्दै छ ।

प्रतियोगितामा २० वटा टोलीलाई ४ वटा समूहमा बाँडिएको छ । प्रतियोगिता आउँदो मार्च ८ तारिखसम्म चल्नेछ । अहिलेसम्म ६ वटा टोली टी–२० विश्वकपको उपाधि जितेका छन् । भारत, इङ्ग्ल्यान्ड र वेस्ट इन्डिज २÷२ पटक तथा पाकिस्तान, श्रीलङ्का र अस्ट्रेलिया १/१ पटक विजेता बनेका छन् ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल