यस वर्ष धादिङ जिल्लामा ०८२ माघ २७ देखि २९ गतेसम्म २ हजार ७ सय ३३ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध खोप सुरु भएको छ ।

जिल्लामा २ सय ५६ वटा खोप केन्द्र तोकिएको छ । ती केन्द्रमार्फत १ सय ९८ जना स्वास्थ्यकर्मी तथा ४ सय २६ जना स्वयंसेवक परिचालन गरिएको छ । अभियानमा कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई खोप दिइने व्यवस्था गरिएको छ । साथै, गत वर्षको एचपिभि खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई समेत खोप प्रदान गरिनेछ ।एचपिभि खोपले पाठेघरको मुखको क्यान्सरलगायतका रोगबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले लक्षित समूहका सबै किशोरीलाई अनिवार्य रूपमा खोप अभियानमा सहभागी हुन आग्रह गरिएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख तथा जिल्ला पूर्ण खोप समन्वय समितिका सदस्यसचिव अर्जुन पौडेलले जानकारी दिनुभएको छ ।

खोप सुपरभाइजर पदमराज कैनीले विद्यालय बाहिर रहेका किशोरीहरू समेत छुट्न नदिन खोजी तथा पहिचान गरेर खोप लगाइने योजना रहेको जानकारी दिनुभयो । अभियानको समयमा खोप लगाउन कुनै कारणबस छुटेमा फागुनमा सञ्चालन हुने नियमित खोप कार्यक्रममा किशोरीहरुलाई खोप दिइने छ ।

गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल