केन्द्रीय प्रचार प्रसार समितिमा धादिङका सरोज अधिकारीको मनोनयन

आइतबार, फाल्गुण ३, २०८२

theme

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन प्रचार प्रसार समितिमा धादिङ घर भएका सरोज अधिकारी मनोनित भएका छन् ।

 

 

पार्टीको विशेष महाधिवेशनबाट बनेको प्रवक्ता देवराज चालिसे नेतृत्वको समितिमा अधिकारीलाई शनिबार मनोनयन गरिएको हो । नेपाली कांग्रेसमा निर्वाचन परिचालन समितिपछि प्रभावशाली मानिने केन्द्रीय निर्वाचन प्रचार प्रसार समितिमा अधिकारीको प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको निर्वाचन परिचालन समितिसँग समन्वय गर्दै प्रचार रणनीति अघि बढाइने जनाइएको छ भने प्रवक्ता चालिसेको संयोजकत्वमा रहेको प्रचार प्रसार समितिले चुनावी सन्देश प्रभावकारी रूपमा मतदातासम्म पुर्‍याउने काम गर्नेछ ।

 


 

अधिकारी १४औं महाधिवेशनबाट महासमिति सदस्य समेत बनेका नेता हुन् । २०६४ साल यता भएका सबै तहका निर्वाचनमा केन्द्रीय निर्वाचन प्रचारमा बसेर काम गरिसकेका उनीसँग प्रिन्ट, रेडियो, टेलिभिजन, अनलाइन तथा मल्टिमिडिया क्षेत्रमा काम गरेको लामो अनुभव छ । नेपाल प्रेस यूनियनका पूर्व केन्द्रीय कोषाध्यक्ष समेत रहेका अधिकारी पार्टीका महाधिवेशन तथा महासमिति बैठकहरूमा मिडिया परिचालनको जिम्मेवारी सम्हाल्दै आएका छन् । 

 

 

मनोनयनपछि प्रतिक्रिया दिँदै अधिकारीले पार्टी नेतृत्वले दिएको जिम्मेवारीलाई विगतमा जस्तै इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। “मलाई सभापति, उपसभापति र प्रवक्ताले जुन विश्वास गरेर जिम्मेवारी दिनुभएको छ, त्यसका लागि आभारी छु,” उनले भने, “नेपाली कांग्रेसका उम्मेदवार र रूख चिन्हमा मत बढाउने अभियानलाई थप क्रियाशीलताका साथ अघि बढाउँछु।”

 

 

 

पत्रकारिता र समाजशास्त्रमा स्नाकोत्तर तथा कानुनमा स्नातक अध्ययन गरेका अधिकारी हाल भने सक्रिय रूपमा स्थानीय राजनीतिमा केन्द्रित छन् । उनी धादिङको नीलकण्ठ नगरपालिका केन्द्रित राजनीतिमा सक्रिय छन् । १३औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि रहेका उनले २०५८ सालमा नीलकण्ठ उच्च माविमा नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै राजनीतिक यात्रा सुरु गरेका थिए ।
 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल