धादिङबेसीमा बागमती प्रदेश स्तरीय प्याब्सन लोक संस्कृति नृत्य प्रतियोगिता सम्पन्न,काठमाडौँको ईलेन मेमोरियलले जित्यो उपाधि

आइतबार, फाल्गुण ३, २०८२

theme

बागमती प्रदेश स्तरीय प्याब्सन लोक नृत्य प्रतियोगिता धादिङबेसीमा भव्य रूपमा सम्पन्न भएको छ ।

 

 

नेपाली कला, संस्कृति र मौलिक लोक परम्पराको संरक्षण तथा नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा प्रदेशका ८ जिल्लाबाट सहभागी २३ वटा उत्कृष्ट विद्यालयहरूबीच कडा प्रतिस्पर्धा भएको थियो ।नेपाली कला, संस्कृति तथा मौलिक लोक नृत्यको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी विद्यार्थीहरूले विभिन्न जातजाति र समुदायका सांस्कृतिक पहिचान झल्किने लोक नृत्य प्रस्तुत गरेका थिए । यस्ता कार्यक्रमहरूले नेपाली मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा  नेपाली मौलिक संस्कृतिको विविधता उजागर गरेका थिए ।

 

 

प्रतियोगितामा काठमाडौँस्थित ईलेन मेमोरियल स्कुल ले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरेको छ । विजेता विद्यालयले नगद १५ हजार रुपैयाँसहित सिल्ड तथा मेडल प्राप्त गरेको आयोजकले जनाएको छ । त्यस्तै, प्राइभेट प्याराडाइस सेकेन्डरी स्कुल द्वितीय हुँदै नगद १२ हजारसहित सिल्ड/मेडल प्राप्त गर्न सफल भयो भने आयोजक जिल्लाकै एड्भान्स एकेडेमी ले तृतीय स्थान हासिल गर्दै नगद १० हजारसहित सिल्ड/मेडल हात पार्‍यो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सान्त्वना पुरस्कार प्राप्त गर्ने विद्यालयहरूमा सक्सेस एकेडेमी, चिल्ड्रेन पार्क, त्रिस्टार एकेडेमी, लिन इन्टरनेसनल र मित्र सी पाठशाला रहेका छन् ।

 

 

कार्यक्रम बागमती प्रदेश प्याब्सन अध्यक्ष मुरारी प्रकाश सन्जेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा केन्द्रीय प्याब्सनका उपाध्यक्ष किशोर गौतम रहेकाे थियो । कार्यक्रममा प्रदेश, केन्द्र तथा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल