धादिङ–२ मा प्रतिबद्धतापत्र बुझाउने उम्मेदवार २४ मध्ये नेपाली काँग्रेस सहित ४ जनाले मात्रै

मंगलबार, फाल्गुण ५, २०८२

theme

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी धादिङ क्षेत्र नं. २ का २४ जना उम्मेदवारमध्ये हालसम्म केवल ४ जनाले मात्रै प्रतिबद्धतापत्र कार्यालयमा बुझाएका छन् ।

 

 

निर्वाचन आचारसंहिता–२०८२ को दफा ३७ ले उम्मेदवारहरूलाई फागुन ३ गतेभित्र घोषणा पत्र सार्वजनिक गरी राजनीतिक दलले आयोगमा र उम्मेदवारले निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन गरेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय धादिङका सूचना अधिकारी राजेन्द्र लुईटेलका अनुसार धादिङ–२ मा प्रतिस्पर्धा गरिरहेका २४ जना उम्मेदवारमध्ये हालसम्म केवल ४ जनाले मात्र प्रतिबद्धतापत्र कार्यालयमा बुझाएका छन् ।निर्वाचन आचारसंहिताको पालना गर्न र उल्लंघन भएको खण्डमा जरिवाना तथा उम्मेदवारी रद्ध सम्मको व्यवस्था रहेको र हालसम्म आचारसंहिता उल्लंघनबारे कुनै पनि लिखित उजुरी नपरेको जानकारी दिनुभयो । कार्यालयमा प्रतिबद्धतापत्र बुझाउने उम्मेदवारहरूमा रमेश धमला (नेपाली काँग्रेस), बोध नारायण श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी), उज्याले नेपाल पार्टी का उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार रुद्र बहादुर गेलाङ मगर रहेका छन् ।

 

 

 

यसैबीच नेपाल कम्युनिष्ट पार्टी का उम्मेदवार राम बहादुर भण्डारीले पत्रकार सम्मेलनमार्फत आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरे पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भने औपचारिक रूपमा नबुझाएको कार्यालयले जनाएको छ । त्यस्तै नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, संयुक्त नागरिक पार्टी, मंगोल अर्गनाइजेसन, मितेरी नेपाल लगायतका अन्य स्वतन्त्र उम्मेदवारहरूले न त प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्, न त कार्यालयमा बुझाएका छन् ।

 

अब मतदाताको चासो भने घोषणापत्रका आकर्षक वाचा कति व्यावहारिक छन् र कार्यान्वयनको आधार कति बलियो छ भन्नेमा केन्द्रित देखिन्छ । 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

100%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल