नीलकण्ठ नगरपालिकाको आयोजनामा दोस्रो मेयर फुटसल प्रतियोगिता २०८२ भोलिदेखि धादिङबेसीमा सुरु हुने भएको छ ।

धादिङबेसीस्थित धादिङ फुटसल एकेडेमीमा फागुन ६, ७, ८ र ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका स्थानीय तहबीच प्रतिस्पर्धा हुने छ । नगरपालिकाका अनुसार नेपालका ७५३ वटै स्थानीय तहलाई सहभागिताका लागि औपचारिक निमन्त्रणा गरिएको थियो । उक्त निमन्त्रणाअनुसार कुल २६ टिमले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा जनप्रतिनिधि,स्थायी शिक्षक तथा कर्मचारीहरूलाई मात्र सहभागी गराइने विशेष व्यवस्था गरिएको छ, जसले स्थानीय तहका नेतृत्व तहबीच आपसी समझदारी, समन्वय र सहकार्यको भावना विकास गर्ने अपेक्षा गरिएको नीलकण्ठका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख प्रकाश भट्टले जानकारी दिनुभयो ।

प्रतियोगिताले स्थानीय तहहरूबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्नुका साथै धादिङबेसीलाई खेलकुद गतिविधिको केन्द्रका रूपमा स्थापित गर्न योगदान पुग्ने विश्वास र खेलकुदमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नुका साथै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच भाइचारा सुदृढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ,प्रथम: रु. १,११,१११,द्वितीय: रु. ५५,५५५,तृतीय: रु. २२,२२२,चतुर्थ: रु. ११,१११ त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर तथा उच्च गोलकर्तालाई जनही रु. ६,६६६ नगद पुरस्कार प्रदान गरिने छ,नगरपालिकाले खेल तालिका, सुरक्षा व्यवस्थापन, रेफ्री तथा प्राविधिक व्यवस्थापन लगायतका सम्पूर्ण तयारी पूरा भएको नीलकण्ठ नगरपालिका कार्यपालि प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले पत्रकार सम्मेलनमा बताउँनु भयो ।

खेलप्रेमी दर्शकहरूलाई प्रतियोगिता अवलोकन गरी खेलाडीहरूलाई उत्साह प्रदान गर्न नगरपालिकाले आग्रह समेत गरेको छ ।




गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल