ads

खुकुरी चोरी गरेको आरोपमा तीन जना पक्राउ

मंगलबार, फाल्गुण २०, २०८१

theme

काठमाडौंको सीतापाइलामा भेषबहादुर कामीले सञ्चालन गरेको कारखानाबाट १२० थान खुकुरी चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

उनीहरुलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार पक्राउ पर्नेहरुमा धादिङको धुनिबेशी नगरपालिका-५ घर भएका २७ वर्षीय राजकुमार तामाङ, रौतहटको रघुनाथपुर नगरपालिका–९ का ३३ वर्षीय शेख जफ्रे आलम र चपुर नगरपालिका-९ का २३ वर्षीय लाल मोहमद देवान रहेका छन् ।

उनीहरुबाट प्रहरीले ४५ खुकुरी समेत बरामद गरेको छ । पक्राउ परेकाहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको एसपी बोहोराले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल